अपडेट–आयो २७२ स्थानको नतिजा, कांग्रेसलाई शतक, एमालेको अग्रता
सारांश
- काठमाडौं ।
- दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा ३ सय ३४ स्थानिय तह मध्ये २ सय ७२ स्थानको मत परिणाम सार्वजनिक भएको छ ।
- अहिलेसम्म नेकपा एमालेको अग्रता नै कायम रहेको छ ।
काठमाडौं । दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा ३ सय ३४ स्थानिय तह मध्ये २ सय ७२ स्थानको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमालेको अग्रता नै कायम रहेको छ । एमाले र कांग्रेसले सय भन्दा बढी स्थानमा जीत हाँसिल गरेका छन् । बिहान ६ बजेसम्म एमालेले १ सय १८ स्थानमा जितेको छ । कांग्रेसले १ सय ३ स्थानमा जितेको छ ।
माओवादीले ३४ स्थानमा जित हाँसिल गरेको छ । राष्ट्रिय जनमोर्चाले २, संघीय समाजवादी फोरम र नयाँशक्ति गठबन्धनले ६, फोरम लोकतान्त्रिकले ५, राष्ट्रिय जनमोचाले २ र राप्रपाले ३ स्थानमा विजयी हाँसिल गरेको छ । प्रदेश नम्बर १ मा एमाले बलियो देखिएको छ ।
प्रदेश नम्बर ५ मा कांग्रेस एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ भने ७ मा कांग्रेसले अग्रता लिएको छ । अधिकांस ठाउँको मतपरिणाम आइसकेको छ । बाँकी रहेका ठाउँमा मतपरिणाम मंगलबारसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया