ओलीलाई म्वाई खाने सावित्रा भन्छिन्- हर्षले चुम्बन गरेंछु, उनी एमाले अध्यक्ष ओलीकी सानीमा हुन् ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
२३ पटक हेरिएको
Shares
ओलीलाई म्वाई खाने सावित्रा भन्छिन्- हर्षले चुम्बन गरेंछु, उनी एमाले अध्यक्ष ओलीकी सानीमा हुन् ।

सारांश

  • झापा ।
  • एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै गृहजिल्लामा एकजना महिलाले ‘किस’ गरेको भिडियोमा शनिबार एकाएक चर्चामा आयो ।
  • पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई सार्वजनिकस्थलमै चुम्बन गर्ने ती महिला को हुन् त ?

झापा । एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै गृहजिल्लामा एकजना महिलाले ‘किस’ गरेको भिडियोमा शनिबार एकाएक चर्चामा आयो । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई सार्वजनिकस्थलमै चुम्बन गर्ने ती महिला को हुन् त ? यस विषयमा सर्वत्र चर्चा भयो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अनेक अड्कलबाजी गरे । उनी एमाले अध्यक्ष ओलीकी सानीमा हुन् ।

केपी ओलीलाई सार्वजनिक मञ्चमै चुम्बन गरेर चर्चामा आएकी ती महिला हुन्, सावित्रा थपलिया । उनी झापाको बिर्तामोड-९, गरामनीमा बस्छिन् । हामीले उनीसँग फोन सम्पर्क गर्दासम्म उनलाई आफूले ओलीलाई चुम्बन गरेको भिडियो भाइरल भएको कुरा थाहा रहेनछ । उनले आश्चर्य हुँदै भनिन्, ‘हो र ! केमा दिन्छ ? कुन टेलिभिजनमा ?’

उनलाई यूट्यूबको बारेमा थाहा रहेनछ । ‘भोलि तपाईंको छोरालाई भिडियो पठाइदिन्छौं, अनि हेर्नु होला’ भनेपछि उनी खुशी भइन् । र, धन्यवाद दिइन् ।

आखिर किन चुम्बन गरिन् उनले ?

ओलीलाई चुम्बन गर्ने महिला ७० वर्षकी भइन् । केपी ओलीकी सानिमा हुन्, उनी । वास्तवमा ओलीसँग २५ वर्षपछि उनको भेट भएको रहेछ । उनी ओलीकी सानीमा मात्रै होइनन्, बालसखा पनि हुन् ।

‘उहाँ बुढामावलीमा हुर्किनुभएको थियो, त्यतिबेला हामीले एउटै थालमा भात खाएका थियौं’, उनले सम्झिइन्, ‘त्यसपछि उहाँ धेरै समय हराउनुभो । आन्दोलन, र के र के भनेर हराउनुभएको थियो ।’

थपलियाका अनुसार परिवारमा धेरैजना दाजुबहिनी थिए । र, ओलीसहित अरुले कतिपय बेलामा एउटै थालमा भात खान्थे ।

भनिन्, ‘२५ वर्षपछि भेट हुँदा हर्षले एक्कासी चुम्बन गरेँछु ।’ उनले थपिन्, ‘पछिचाहिँ अरुले के भने होला भन्ने लाग्यो ।’

ओलीसँग छोटो सम्वाद

स्टेजमा चढेर ओलीलाई उनले सुरुमै ‘मलाई चिन्नु भो’ भनेर सोधिन् । ओलीले ‘नमस्कार गर्दै सानिमालाई चिन्दिनँ के त’ भने ।

त्यसपछि केहीबेर सामान्य भलाकुसारी भए । थपलियाका अनुसार ओली उनका जेठी फूपूका नाति हुन् । उनले ओलीलाई कतिबेला देखौं भन्ने मनमा लागेको बताइन् ।

यसरी भिडियो भाइरल भयो

बुधबार एमालेले बिर्तामोडमा चुनावी सभा आयोजना गर्‍यो । प्रमुख वक्ता थिए, पार्टी अध्यक्ष केपी शर्मा ओली । उनी आउने थाहा भएपछि थपलिया ओलीलाई भेट्न आतुर भएर आएकी थिइन् ।

कार्यक्रमको रिपोर्टिङका लागि खटिएका जनता टीभीका पत्रकार लक्ष्मी काफ्लेले कार्यक्रमको भिडियो खिचिरहेका थिए । कार्यालयमा आएर हेर्दा उनले केपी ओलीलाई चुम्बन गरेको देखे । र, त्यसलाई आफ्नो यूट्यूबमा अपलोड गरे । त्यसपछि यो भिडियो भाइरल भयो ।

यो समाचार तयार पारुञ्जेलसम्म ती महिला को हुन् भन्ने बारेमा सबै अन्योलमा थिए । कतिपयले उनी ओलीकी पारिवारिक सदस्य हुन् भन्ने कुरो पत्तो नपाइकन सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?