तीन दलको निर्णयः गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७९
|
|
१९ पटक हेरिएको
Shares
तीन दलको निर्णयः गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता

सारांश

  • काठमाडाैं।
  • वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ।
  • सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा आज भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा पनि छलफल भएको थियो।

काठमाडाैं। वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुबीच गठबन्धनलाई कायम राख्दै आगामी निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको छ। सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा आज भएको सो छलफलमा गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकताका बारेमा पनि छलफल भएको थियो।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, “बैठकमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्य उपस्थित थियौँ, आजको बैठकमा मुख्यतः निर्वाचनका सम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेको निर्णयका बारेमा छलफल भयो।”

वर्तमान गठबन्धनलाई निरन्तरता दिने बारेमा कसैको पनि विमति नरहेको उनले स्पष्ट पारे। “तर गठबन्धनलाई अझ कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो”, उनले भने, “स्थानीय तह निर्वाचनका क्रममा गठबन्धन गरिएको र आगामी निर्वाचनमा त्यसलाई अझ प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो।”

तत्कालीन नेकपा रहँदा आफूहरु एकै ठाउँमा भएको जनाउँदै उनले बैठकमा विचार मिल्नेहरुबीच एकता गरेर जाने विषयमा चर्चा भएको बताए। “हिजो नेकपामा हुँदा हामी एउटै पार्टीका थियौँ, विचार मिल्नेहरुका बीचमा एकताको सम्भावना बारेमा पनि कुराकानी भयो”, अध्यक्ष दाहालले भने, “तर यो गठबन्धनको विरुद्ध जाने भनेको होइन।”

बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए। तत्कालीन नेकपामा उहाँहरु सचिवालय सदस्यका रूपमा रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
८ विद्यार्थी संगठन द्वारा हड्तालका कार्यक्रमहरू फिर्ता
बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने
बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने
सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!
सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह
एचआइभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह
किन आउँदैछन् बेलायती मन्त्री यसै साता नेपाल ?
किन आउँदैछन् बेलायती मन्त्री यसै साता नेपाल ?
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओडाएर मन्त्रीलगायतलाई श्रद्धान्जली
निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक
उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?