रुपन्देहीमा कोरोना सङ्क्रमित बढे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २८, २०७९
|
|
४४ पटक हेरिएको
Shares
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे

सारांश

  • भैरहवा ।
  • रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ ।
  • सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ ।

भैरहवा । रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ ।

बेलहिया नाका हुँदै नेपाल भित्रिने यात्रुहरुमध्ये भारतीय यात्रुहरुमा तुलनात्मक रुपमा सङ्क्रमण बढी देखिएको छ । नाकामा सङ्क्रमण देखिएकाहरु आफ्नै तरिकाले आफ्नो गन्तव्यतर्फ जाँदा यसले सङ्क्रमणको जोखिम झनै बढाएको छ । केही समय पहिला सङ्क्रमित देखिएका भारतीय नागरिकलाई भारत फिर्ता पठाउने गरिए पनि अहिले त्यो अवस्था छैन ।

फागुनसम्म न्यून सङ्ख्यामा कोरोना सङ्क्रमित देखिए पनि चैतमा यो सङ्ख्या बढेको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा चैतमा सबैभन्दा धेरै १९ गते एकै पटक १७ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो । भारतबाट नेपाल आउने एक सय ५९ यात्रुमा कोरोना परीक्षण गर्दा एकजना नेपाली र १६ जना भारतीयमा सङ्क्रमण पाइएको बेलहिया हेल्थ डेस्कको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, चैत २० गते ९२ जनामा परीक्षण गरिएकामा तीन भारतीय, चैत २३ मा एक सय ६० जनामा परीक्षण गर्दा दुई नेपाली र १० भारतीयसहित १२ जनामा कोभिडको सङ्क्रमण पाइएको थियो ।

“चैतमा हालसम्म ६३ जनामा कोभिडको ओमिक्रोन सङ्क्रमण पाइएको छ”, स्वास्थ्य कार्यालय भैरहवाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले भने, “यो साता मात्रै ४१ जना पुगेका छन्, फागुन महिनामा नयाँ सङ्क्रमितको सङ्ख्या २८ जना थियो ।”

कोभिड सङ्क्रमण बढेसँगै केही समययता सुस्त रहेको स्थानीय प्रशासनले सीमामा सतर्कता बढाएको छ । सङ्क्रमण फेरि बढ्ने र महामारी देखापर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै रुपन्देहीमा सङ्क्रमण न्यूनीकरण गर्न तयारी सुरु गरिएको छ । जसमा अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक व्यवस्थापन, खोप एवम् एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको छ ।

जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समिति (डिसिसिसिएमसी) को बैठकले बेलहिया हेल्थ डेस्कको क्षमता वृद्धि गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

रुपन्देहीका सहायक नाकाका रुपमा रहेको लुम्बिनीको ककरहवा नाका र रोहिणीको भगवानपुर नाकामा पनि हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । यससँगै भीडभाड हुने स्थानमा मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य मापदण्ड पालन गराउन विभिन्न सचेतनामूलक कार्यक्रम पनि अगाडि बढाइने निर्णय भएको उनले बताए ।

तत्कालका लागि सीमामा सङ्क्रमित देखिएकाहरुलाई सावधानी अपनाइँदै उनीहरु जान चाहेको गन्तव्यमै जान दिएको पाण्डेको भनाइ छ । “जिल्लावासीका हकमा डिसिसिएमसीको व्यवस्थापनमा सम्बन्धित सङ्क्रमितलाई घरमै छाड्ने गरेका छौँ, जिल्लाबाहिरका नेपाली नागरिकको हकमा सम्बन्धित जिल्लाको सहजीकरणमा छोड्ने गरेका छौँ”, प्रजिअ पाण्डेले भने ।

“भारतीय नागरिकको हकमा केही समय पहिले उहाँहरुलाई भारत नै फिर्ता पठाउने गरिए पनि अहिले मन्त्रालयको परिपत्रअनुसार सुरक्षा सावधानी अपनाउँदै गन्तव्यसम्म जाने अनुमति दिने गरेका छौँ”, उनले भने ।

सङ्क्रमणको जोखिम कम गर्न कोभिड विरुद्धको खोपलाई पनि तीव्रता दिने स्वास्थ्य कार्यालयको तयारी रहेको छ । पहिलो र दोस्रो मात्राको खोपका लागि रुपन्देही जिल्ला नै पूर्ण खोप जिल्ला सुनिश्चित भइसकेकोे छ । यस्तै, बुस्टर डोजका रुपमा रुपन्देहीमा तेस्रो मात्राको खोप ६० प्रतिशतले र अहिले चौथो मात्राको खोप १० प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय भैरहवाका वरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले बताए ।

अहिले पनि अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखी खोप लगाउने काम भइरहेको उनले बताए । अन्यको हकमा भने मन्त्रालयको समन्वयमा खोप मगाउने काम भइरहेको ढकालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
असार १९ गते विहिबारको राशीफल यस्तो छ
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
भरतपुर अस्पतालमा सङ्क्रमित बिरामी घटे
भरतपुर अस्पतालमा सङ्क्रमित बिरामी घटे
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री