ओस्कार विजेता मार्टिनको निधन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ओस्कार विजेता मार्टिनको निधन

सारांश

  • लस् एन्जेलस् : ओस्कार पुरस्कार विजेता एक अमेरिकी वरिष्ठ चलचित्र कलाकार मार्टिन लान्दाउको ८९ बर्षको उमेरमा आइतबार निधन भएको छ ।
  • उहाँ आवद्ध एक चलचित्र उत्पादक एवम् प्रचारप्रसार समितिले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।
  • अमेरिकाको लस् एन्जेलस अस्पतालमा उपचारार्थ राखिएका कलाकार लान्दाउको आइतबार निधन भएको थियो ।

लस् एन्जेलस् : ओस्कार पुरस्कार विजेता एक अमेरिकी वरिष्ठ चलचित्र कलाकार मार्टिन लान्दाउको ८९ बर्षको उमेरमा आइतबार निधन भएको छ ।
उहाँ आवद्ध एक चलचित्र उत्पादक एवम् प्रचारप्रसार समितिले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ ।
अमेरिकाको लस् एन्जेलस अस्पतालमा उपचारार्थ राखिएका कलाकार लान्दाउको आइतबार निधन भएको थियो ।
बहुमुखी प्रतिभाशाली व्यक्तित्व मार्टिनले सन् १९६० मा टेलिभिजनमा कलाकारको जागिरका रुपमा प्रवेश गर्नुभएको थियो । उहाँले ‘मिसन इम्पोसिबल’ नामक कार्यक्रमबाट आफनो चलचित्र अभिनय सुरु गर्नु भएको थियो ।

उहाँलाई ‘इद उड’ चलचित्रको अभिनयका लागि ओस्कार पुरस्कार दिइएको थियो ।
‘प्रतिष्ठित कलाकार मार्टिनको निधनले हामी अन्त्यन्त दुःखी भएका छौँ’ प्रशारक समितिद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

प्रकाशित विज्ञप्तिमा उहाँले हालै मात्र आफ्नो ८९ औँ जन्मदिन मनाउनु भएको पनि जनाकारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?