सुर्खेतमा ब्राउन सुगरसहित चार जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १३, २०७९
|
|
३४ पटक हेरिएको
Shares
सुर्खेतमा ब्राउन सुगरसहित चार जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

काठमाडौँ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उनीहरूलाई सोमबार बेलुका ६ बजे पक्राउ गरिएको उहाँले बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बुदबुदीस्थित दिदीबहिनी कटेजमा लागु औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ लागु औषधसहित चारै जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै, सोमबार राति ११ बजे वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भुरेलीस्थित श्रवण हमाललाई कुटपिट गर्ने तथा अनिल बुढा र उनको श्रीमती पूजा बुढालाई चक्कु प्रहार गर्ने ३० वर्षीय डम्मर गुरुङलगायत सात जनाको समूहलाई प्रहरीले खोजी कार्य जारी राखेको छ ।

घाइतेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको र कुटपिटमा प्रयोग भएको दुई वटा मोटरसाइकलको सखर बरामद भएको छ । रासस

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    20bet

    I am currently writing a paper and a bug appeared in the paper. I found what I wanted from your article. Thank you very much. Your article gave me a lot of inspiration. But hope you can explain your point in more detail because I have some questions, thank you. 20bet

    Comment Author

    binance referral bonus

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    binance тркелг

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?