सुदूरपश्चिममा सरकार बिस्तार, बन्यो जम्बो मन्त्रिमण्डल

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
सुदूरपश्चिममा सरकार बिस्तार, बन्यो जम्बो मन्त्रिमण्डल

सारांश

  • धनगढी ।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
  • मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रलाई सरकारमा सामेल गराउदै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रलाई सरकारमा सामेल गराउदै मन्त्रिपरिषद्को विस्तार गरेका हुन् ।

सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मवारी दिएका  छन् भने वीरबहादुर थापा र हिरा सार्कीलाई बिना विभागीय मन्त्री बनाएका छन् । त्यस्तै माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अक्कल बहादुर रावल र लक्ष्मी विकलाई बिना विभागीय मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीकी माया पन्त बिना विभागीय मन्त्री बनेकी छन् ।

नव नियुक्त मन्त्रीको आजै साँझ शपथ ग्रहण हुने भएको छ । मुख्यमन्त्री सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिल्पाले दिइन् डिभोर्स, छबिले लेखे यस्तो स्टाटस !
शिल्पाले दिइन् डिभोर्स, छबिले लेखे यस्तो स्टाटस !
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
प्रधानन्यायाधीशका बारेमा नेपाल बारले आज आफ्नो धारणा सार्वजनिक गर्ने
नाच्नकै लागि दैनिक १० किलाेमिटर पैदल यात्रा !
नाच्नकै लागि दैनिक १० किलाेमिटर पैदल यात्रा !
बर्थडेपार्टीमा बाेलाएर बलात्कार !
बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड
बालिका बलात्कार गर्ने व्यक्तिलाई अब मृत्युदण्ड
बलात्कारका घटना रोक्न गृहमन्त्रीले आइजिपीलाई दिए यस्तो निर्देशन
बलात्कारका घटना रोक्न गृहमन्त्रीले आइजिपीलाई दिए यस्तो निर्देशन
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल
स्याङ्जामा लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप, प्रहरीद्वारा हवाई फायरिङ