जहाँ सेवा लिन जाँदा खाली खुट्टा जानुपर्छ…

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • सुन्दा अचम्म लाग्न सक्छ, सरकारी कार्यालयमा सेवा लिन जाँदा खाली खुट्टा जानुपर्छ।
  • तर, यो सत्य हो बबरमहलमा रहेको न्याय सेवा तालिम केन्द्रमा ८ वर्षदेखि यस्तो व्यवस्था गरिएको छ।
  • केन्द्रका सूचना अधिकारी रमेशकुमार उपाध्याय लुइँटेलका अनुसार सेवा लिन जो गए पनि जुत्ता चप्पल फुकालेर भित्र पस्नुपर्छ।

सुन्दा अचम्म लाग्न सक्छ, सरकारी कार्यालयमा सेवा लिन जाँदा खाली खुट्टा जानुपर्छ। तर, यो सत्य हो बबरमहलमा रहेको न्याय सेवा तालिम केन्द्रमा ८ वर्षदेखि यस्तो व्यवस्था गरिएको छ।

केन्द्रका सूचना अधिकारी रमेशकुमार उपाध्याय लुइँटेलका अनुसार सेवा लिन जो गए पनि जुत्ता चप्पल फुकालेर भित्र पस्नुपर्छ। ‘सानो ठूलो मान्छे भन्ने नै हुँदैन, यो हाम्रो नियम नै हो, प्रधानमन्त्री आउँदा पनि जुत्ता चप्पल खोलेरै भित्र पस्नुहुन्छ, शुरुमा यो अभियान कस्तो होला भन्ने लागेको थियो तर अब स्वाभाविक लागेको छ’, लुइँटेलले भन्नुभयो– ‘शुरुमा असहज जस्तो लागे पनि प्रयोग गर्दै गएपछि साँच्चै राम्रो काम गरेछौं भन्ने लागेको छ।’ तालिम प्रमुख रामकुमार आचार्य रहँदा १ चरणमा कार्यालयभित्र आन्तरिक छलफल गरेर यस्तो अभियानको थालनी गरिएको हो।

‘जो आए पनि राम्रो काम भनेका छन्, अरूले पनि यस्तै अभियान चलाउने प्रतिबद्धता जनाएर जानुुहुन्छ’, उहाँले भन्नुभयो– ‘कसैलाई भन्नै पर्दैन बाहिर सूचना छ, अरूले गरेको देखेर पनि व्यवहारमा उतार्नुहुन्छ।’

केन्द्रमा करारसहित २१ जनाको दरबन्दी रहेको छ। तालिम प्रमुख कलानिधि पौडेल प्रदेश सचिव भएर गएपछि अहिले पुष्करराज नेपाल निमित्तको जिम्मेवारीमा हुनुहुन्छ।

यहाँ बाहिर २२ जोर चप्पल राखिएका छन् तर कर्मचारीबाहेक अरूले प्रयोग गर्न पाउँदैनन्। शौचालय पनि घर जस्तै राम्रो बनाउनुपर्छ भनेर सबै कर्मचारीले विशेष ध्यान दिँदै आएको कार्यालयले जनाएको छ।

आजको नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
महाशिवरात्रिको अवसर पारेर पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने
कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
क्यान्सरपीडित खाँणलाई सहयोग
क्यान्सरपीडित खाँणलाई सहयोग
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाको आक्रमणबाट बालकको मृत्यु
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
प्रचण्डलाई प्रधानमन्त्री स्विकार्न कांग्रेस तयार छ : मन्त्री यादव
प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त
प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त
भरतपुरमा पुन मतदान गर्ने निर्वाचन आयोग को निर्णय सही कि गलत ? आफ्नो बिचार राख्नुस !
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु
मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

तपाईंले छुटाउनुभयो कि?