मासिँदै हजार वर्षका एेतिहासिक सम्पदा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मासिँदै हजार वर्षका एेतिहासिक सम्पदा !

सारांश

  • दैलेख, १५ भदौ ।
  • बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ ।
  • अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो ।

दैलेख, १५ भदौ । बाइसे चौबीसे राज्यको इतिहास बोक्ने दुल्लु दरबार भग्नावशेष मात्र देखिएको छ । अहिलेको दुल्लू बजार त्यसबेला सिंगो राज्यको केन्द्र थियो । यसको वरपर इतिहास जोडिएका पुरातात्विक महत्वका दरबार, शिलालेख र शिलास्तम्भ प्रशस्त छन् तर नेपाली भाषाको पहिलो शिलालेखको दुर्दशा देख्दा मनै कुँडिने दुल्लूका इतिहासविद् भूपालविक्रम शाह बताउँछन् ।
नेपाली भाषामा लेखिएको अभिलेख सबैभन्दा पुरानो शाके ९०३ अर्थात् विसं १०३८ हो जसलाई त्यस समयका ‘कर्णाली प्रदेशीय नागराजका उत्तराधिकारी दामुपाल’को कालखण्डको भाषालिपि भनिएको छ । नेपाली भाषाको उत्पत्ति जुम्लाको सिञ्जाबाट भएको मानिए पनि लिपिबद्ध गरिएको इतिहास भने दैलेखसँग जोडिएको मानिन्छ । अहिले दुल्लु नगरपालिका रहेको पौवा दरबारलाई साँस्कृतिक सङ्ग्रहालयका रुपमा विस्तार गरिएको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताउँछन् ।

दैलेखमा एक हजार बढी मूर्तअमूर्त सम्पदा छन् । योगी नरहरिनाथ पछाडिका विज्ञले यसको पुनःलेखन गरेका छैनन् । दैलेखका पत्रकारले इतिहासको पुनःलेखन भनेर अभियान थालेको भए पनि स्थानीय तहले यसतर्फ ध्यान नदिएका कारण धेरै वस्तु हराउँदै र मासिँदै गएको नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय सचिव विष्णु शर्मा बताउँछन् । दुल्लुमा दुई शिलालेख भएका स्तम्भका बीचबाट मोटरबाटो बनाइएको छ । यो दृश्य देख्दा लाग्छ, यी शिलालेखले पनि कुन दिन कसको घरको भित्तो वा बारीको पर्खाल बनेर उभिनुपर्ने हो ! कुनै युगका साक्षी, ऐतिहासिक महत्वका सम्पदा यी शिलालेखका नजीकै फोहर थुपारिएको हुन्छ । शिलालेखको महत्व बुझेका मानिस यिनलाई हेर्न आउँदा गर्व गर्नुभन्दा दुःखी भएर फर्किने गरेका छन् । केन्द्रीय सरकार र स्थानीय तहको उदासीनताले ‘क’ र ‘ॐ’शब्दको अस्तित्व सङ्कटमा छ । ढुङ्गाको आधा भाग फुटिसकेको छ । अहिले अहिले ढुङ्गालाई फलामे बारले घेरिएको छ । नरहरिनाथले जिल्ला भ्रमणका क्रममा इतिहास खोतल्ने बेला दैलेखमा भाषालिपिको इतिहास रहेको जानकारी गराएपछि मात्र मानिसहरूलाई यसको ज्ञान भएको हो ।

विसं १०३८ को साहुपाल अडैद्वारा लिखित शिलास्तम्भबाट प्रारम्भ भएको नेपाली भाषाको शुरुआत बारेमा भिन्नभिन्न बहस भएको भाषाविद् प्रा डा मधुसूदन गिरी बताउँछन् । दुल्लुमा भाषालिपिसँगै रहेको शाके १२७९ अर्थात् विसं १४१४ को ‘कृति खम्ब’ पनि सँगै छ ।

३२ थरको उद्गम
दैलेखका ३२ स्थानबाट ३२ थर उत्पति भएको मानिन्छ । कोइराल गाउँबाट कोइराला, रिजुबाट रिजाल, दहबाट दाहाल, लम्सुबाट लम्साल, नेपाबाट नेपाल, कट्टीबाट कट्टेल, बस्तेकोटबाट बस्ताकोटी, खनबाट खनाल, दुल्लुबाट दुलाल, भुर्तीबाट भुर्तेललगायत थरको उत्पति भएको विभिन्न वंशावलीमा उल्लेख छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दैलेख आउनुभएका बेला नेपा गाउँ(नेपालको उत्पतिस्थल) मा रहेको तियाडीबाट ‘पुर्खाको माटो’ काठमाडौंँ लिएर गएको स्थानीयवासी माधव खनालले जानकारी दिए । दाहालहरूले दह भन्ने स्थानलाई पुख्र्यौली थलो मान्दै पुराणसमेत लगाएका छन् । कट्टी भन्ने स्थानमा काठमाडौंँबाट विभिन्न थरका व्यक्ति आफ्नो पुर्खाको जन्मथलो भन्दै घुम्न आउने गरेको स्थानीयवासी शान्तिप्रसाद शर्माले बताए ।

दैलेखको पञ्चकोशी इतिहास बोकेको क्षेत्र हो । अझ कोटिला, श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर, भैरवीलगायत क्षेत्रले पञ्चकोशी क्षेत्रका रूपमा परिचय बनाएका छन् । सयौँ वर्षदेखि पञ्चकोशी क्षेत्रका विभिन्न स्थानमा ज्वाला बलिरहेका छन् । वैश्वानर पुराणमा उल्लेख भएबमोजिम महादेवले कामदेवलाई भष्म गर्दा उनको नेत्रबाट निस्किएको ज्वालालाई एकत्रित गरी फाल्दा ज्वालाको उत्पत्ति भएको जनविश्वास छ । त्यही आधारमा पञ्चकोशी क्षेत्रमा हरेक वर्ष शिवरात्रिमा मेला लाग्छ ।

खानी तथा भूगर्भ विभागको अध्ययनमा यो पेट्रोलियम पदार्थ भएको क्षेत्र पनि हो । त्यही पदार्थका कारण ज्वाला निस्किएको हो । दैलेखका ४० सम्पदा खानी तथा भूगर्भ विभागको सूचीमा सूचीकृत छन् । तिनीहरूको वर्गीकरणका आधारमा संरक्षणमा पहल गरिने विभागले जनाएको छ । श्रीस्थानमा शाके १७५७ को शिला अभिलेख छ । शिरिस्थान मन्दिरमा शाके १७५९ मा चढाइएका घण्ट अहिले पनि देख्न सकिन्छ । पुराना मूर्ति र घण्ट धेरैजसो चोरी भइसकेका छन् ।
पादुका मन्दिरमा रहेको शाके ११३६ को जैन तीर्थङ्कर महावीरको मूर्तिको विशेष महत्व छ । त्यस्तै सिञ्जा साम्राज्यका राजा अशोक चल्लका समयमा स्थापित साउना कार्की र साउका कक्र्यानी अभिलेखसहितको स्तम्भले पञ्चकोशी क्षेत्रको महत्व झनै बढाएको उद्योागी नरेन्द्र थापा बताउनुहुन्छ । सदरमुकाममा रहेका पञ्चदेवल, कोतगढीलगायत स्थानसँगै दैलेखको सबैभन्दा अग्लो स्थानमा पर्ने महावु धामको पनि धार्मिक महत्व छ ।

(नरबहादुर रिजाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Deepika Padukone posts an emotional note about depression following Kate Spade & Anthony Bourdain suicides!
Deepika Padukone posts an emotional note about depression following Kate Spade & Anthony Bourdain suicides!
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीमा योगदानको चर्चा
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
मतगणना प्रारम्भ भएको सात दिनमा नतिजा निकाल्छौँः प्रमुख आयुक्त थपलिया
प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु
प्राप्त गरेको कुल बजेट मध्ये ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता : मुगु
हेर्नुहोस्  जेठ २८ गते सोमबारको राशिफल
हेर्नुहोस् जेठ २८ गते सोमबारको राशिफल
भैरहवाबाट वीरगन्ज जाँदै गरेको बस पल्टिँदा १५ जना घाइते
भैरहवाबाट वीरगन्ज जाँदै गरेको बस पल्टिँदा १५ जना घाइते
सुदूरपश्चिममा हट्यो विद्युत् भोल्टेजको समस्या
सुदूरपश्चिममा हट्यो विद्युत् भोल्टेजको समस्या
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
बैंकहरूको नाफामा भारी वृद्धि (नाफा विवरण)
बैंकहरूको नाफामा भारी वृद्धि (नाफा विवरण)

तपाईंले छुटाउनुभयो कि?