तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?

सारांश

  • बढ्दो ट्राफिक जामलाई मध्यनजर गर्दै वैज्ञानिकहरूले त्यसको समाधानका रूपमा उड्ने कारलाई अघि सारेको वर्षांै बितिसकेको छ ।
  • उड्ने कारको निर्माणमा धेरै कम्पनी लागिपरे पनि पोर्चुगलको स्टार्ट अप कम्पनीले सफलताको दावा गर्दै निकट भविष्यमै यसको व्यवसायिक उत्पादन थाल्ने बताएको छ ।
  • कम्पनीले हालै उड्ने कारको परीक्षण गरेको थियो ।

बढ्दो ट्राफिक जामलाई मध्यनजर गर्दै वैज्ञानिकहरूले त्यसको समाधानका रूपमा उड्ने कारलाई अघि सारेको वर्षांै बितिसकेको छ । उड्ने कारको निर्माणमा धेरै कम्पनी लागिपरे पनि पोर्चुगलको स्टार्ट अप कम्पनीले सफलताको दावा गर्दै निकट भविष्यमै यसको व्यवसायिक उत्पादन थाल्ने बताएको छ । कम्पनीले हालै उड्ने कारको परीक्षण गरेको थियो । हवाई तथा सडक यातायातलाई ध्यानमा राखेर निर्माण गरिएको यो कारले सडकमा गुड्दै भुइँ छाडेको थियो भने त्यसले आकाशबाट जमिनमा सफल अवतरणसमेत गरेको थियो ।

यो उड्ने कारमा पनि विमानहरूको जस्तै तीनवटा पाङ्ग्रा राखिएको छ भने उड्नका लागि हेलिकप्टरको ब्लेड प्रयोग गरिएको छ । कारका रूपमा काम गर्नुपदा उक्त ब्लेड फोल्डिङ हुन्छ । कार आकाशमा उड्दा उक्त ब्लेडले काम गर्छ भने सवारीको गति बढाउन प्रोपेलरले काम गर्छ । यसमा १ सय हर्ज पावरको दुईवटा इन्जिन छ । १ सय ७७ किलोमिटर प्रतिघन्टाको गतिमा उड्ने यो कार सडकमा भने १ सय ६१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्छ । यो कारलाई उडान भर्न १० मिनेट लाग्ने गरेको छ । यो कारमा पाइलटसहित दुई जना मात्र अट्न सक्छन् । यो कारलाई चलाउन पाइलटको लाइसेन्स लिनुपर्ने हुन्छ भने उडानको अनुभव न्यूनतम २५ घण्टा हुनुपर्छ ।
नेपाल मा कहिले आउँला त उड्ने कार । के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक  (भिडियो सहित)
अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक (भिडियो सहित)
‘चिल गाडी कैले आउन्या ओ’
‘चिल गाडी कैले आउन्या ओ’
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै
Como jogar jogo do bicho online em um site de aposta
अदालतबाट सफाई पाएका महराले पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्
अदालतबाट सफाई पाएका महराले पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था
सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था
असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
असार १५ मा धान रोप्दै शेरबहादुर देउवाले यस्तो देखे सपना
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट

तपाईंले छुटाउनुभयो कि?