थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
३१ पटक हेरिएको
Shares
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी

सारांश

  • बुटवल ।
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भएको बताएका छन् ।
  • साथै उनले निर्वाचन गर्न सरकारले लापर्बाही गरिरहेको आरोप लगाए ।

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भएको बताएका छन् । साथै उनले निर्वाचन गर्न सरकारले लापर्बाही गरिरहेको आरोप लगाए ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीको बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले थ्रेसहोल्डको विरोध गरे । सरकारले ल्याएको निर्वाचनसम्वन्धी ऐनमा प्रदेशमा डेढ प्रतिशत र संघीय संसदमा ३ प्रतिशत थ्रेसहोल्ड व्यवस्थाको प्रस्ताव गरेको छ ।

नेता केसीले माघ ७ भित्र तीन तहको चुनाव नभए ७० बर्षको उपलब्धी गुम्ने चेतावनी दिए ।

केसीले देशमा कालो बादल मडारिहेको भन्दै संविधान संशोधन त्यसको कारक रहेको टिप्पणी गरे । तराई र पहाड अलग गराउने गरी संशोधन प्रस्ताव ल्याइएको र सरकारले राष्ट्रिय स्वाधिनतालाई सत्तासँग सौदाबाजी गराउने काम गरेको उनको दाबी छ ।

‘संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयन गर्नु पहिलो आवश्यकता हो, तर सत्तामा बस्नेहरुले संविधान कार्यान्वयनको वहानामा सत्ता लम्ब्याउन चाहेका छन्’ केसीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान  !
फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान !
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
शिक्षा प्रणाली प्राविधिक शिक्षामा जोड दिने खालको हुनुपर्ने
दाहाल–नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी
दाहाल–नेपाल समूहलाई नेकपाको आधिकारिकता दिने निर्वाचन आयोगको तयारी
साउदी जानेको न्युनतम पारिश्रमिक ९ हजारले बढ्यो, हवाई टिकट समेत कम्पनीले दिने
साउदी जानेको न्युनतम पारिश्रमिक ९ हजारले बढ्यो, हवाई टिकट समेत कम्पनीले दिने
निर्मलाका हत्यारा पत्ता लगाउन माग
निर्मलाका हत्यारा पत्ता लगाउन माग
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन
‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन

तपाईंले छुटाउनुभयो कि?