फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
फुर्वा तेञ्जिङ शेर्पाले राखे नयाँ किर्तिमान  !

सारांश

  • अस्बिन खड्का , १४ जेठ ।
  •    ४ जना पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएर कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान बनाएका छन ।
  • महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पुर्याएका कुशल पर्वतारोही उनले किर्तिमानीमा नयाँ आयाम थपे।

अस्बिन खड्का , १४ जेठ ।   ४ जना पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएर कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान बनाएका छन ।

महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पुर्याएका कुशल पर्वतारोही उनले किर्तिमानीमा नयाँ आयाम थपे।

यो सहित १३औँ पटक सगरमाथाको चुचुरोमा पुगेर फुर्वाले आफ्नो पहिचान बनाउनुका साथै आफ्नै परिवारको ७ जनालाई सगरमाथा आरोहण गराए।

उनीहरूमध्ये ४ जनाले एउटै समयमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएको आरोही फुर्वा शेर्पाले बताए । परिवारका एकै समयमा आरोहण गरेर किर्तिमानी कायम गर्नेमा फुर्वा तेञ्जिङ शेर्पा, फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शेर्पा र दावाडीकी शेर्पा छन्। नयाँ किर्तिमान राखेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

यही याममा संखुवासभाकी ल्हाक्पा शेर्पाले सगरमाथाको ९ पटक सफल आरोहण गरेर नेपाली महिलाको नयाँ कीर्तिमान कायम गरेकी छन्।

राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रोशा बस्नेतसहित ४ महिला पत्रकारले बैसाख ९ गते सगरमाथाको सफल आरोहण गरेका छन्। उनका साथै अन्य तीन पत्रकारमा टोलीनेता रोजिता बुद्धाचार्य कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन्।

‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूल नारासहित सो महिला पत्रकार समूह सगरमाथा आरोहणमा गएको थियो। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार समूहका ५ मध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक ४ जनाले सफल आरोहण गरेका हुन्। उनीहरुले नेपाल पत्रकार महासंघको झन्डा पनि चुचुरोमा पुराउन सफल समेत भयका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?