साउदी जानेको न्युनतम पारिश्रमिक ९ हजारले बढ्यो, हवाई टिकट समेत कम्पनीले दिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
१९ पटक हेरिएको
Shares
साउदी जानेको न्युनतम पारिश्रमिक ९ हजारले बढ्यो, हवाई टिकट समेत कम्पनीले दिने

सारांश

  • काठमाडौ ।
  • सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।
  • साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभूत पारिश्रमिकका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन गरेको हो ।

काठमाडौ । सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभूत पारिश्रमिकका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन गरेको हो ।

पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन् । पुनरावलोकन गरिएको २०० पारिश्रमिक र १०० भत्ता गरी अब साउदी जाने नेपालीले १३०० रियाल अर्थात ३९ हजार रुपैयाँ पाउने देखिएको छ । अहिले साउदी जाने श्रमिकले ८०० पारिश्रमिक र २०० भत्ता गरेर १ हजार रियाल अर्थात ३० हजार रुपैयाँ पाउँदै आएका छन् । लागू गरिएको पारिश्रमिक र भत्ताअनुसार नै दूतावासबाट मागपत्र प्रमाणीकरण गरेर ल्याउनुपर्ने छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावलाई गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे संगै अव कार्यन्वयनमा आउने छ । यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेकोमा नयाँ व्यवस्था अनुसार ज्याला १००० रियाल र खाना भत्ता ३०० नेपाली अदक्ष कामदारले पाउने छन् । यसरी नै दक्ष कामदारले १ हजार ७ देखि ३ हजारसम्म पाउनेछन् ।

 

त्यसैगरी अर्धदक्ष कामदारले १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म पाउनेछन् । साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, ओहोरदोहोर हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने प्रस्तावमा उल्लेख गरिएको छ ।

साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम ज्यालामा भएको नयाँ व्यवस्था भने राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ । सो बढेको तलबमा मात्रै साउदी जाने कामदारको मागपत्र प्रमाणीकरण हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यो नियम लागू भएपछि रोजगारदाताले नेपाली कामदार लिन कम्तीमा १ हजार ३ सय रियालभन्दा बढीको श्रम सम्झौता गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?