पाकिस्तानी प्रधानमन्त्रीको समर्थनमा निस्कियो १० औँ हजार जुलुश

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७८
|
|
३७ पटक हेरिएको
Shares
पाकिस्तानी प्रधानमन्त्रीको समर्थनमा निस्कियो १० औँ हजार जुलुश

सारांश

  • पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको समर्थनमा विशाल र्‍याली निकालिएको छ ।
  • १० औं हजार सहभागी ¥यालीले इमरान खान अमर रहुन् भन्ने नारा लगाउँदै राजधानी इस्लामाबाद लगायत शहरहरुको परिक्रमा गरेको थियो ।
  • इमरान खानबिरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि उहाँको समर्थनमा दशौं हजार जनता सडकमा उत्रेका हुन् ।

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको समर्थनमा विशाल र्‍याली निकालिएको छ ।१० औं हजार सहभागी ¥यालीले इमरान खान अमर रहुन् भन्ने नारा लगाउँदै राजधानी इस्लामाबाद लगायत शहरहरुको परिक्रमा गरेको थियो । इमरान खानबिरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि उहाँको समर्थनमा दशौं हजार जनता सडकमा उत्रेका हुन् ।

¥यालीमा सत्तारुढ पार्टी बाहेकका दलका कार्यकर्ता समेत सामेल भएको दाबी गरिएको छ भने ¥यालीलाई ब्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । प्रधानमन्त्री खान बिरुद्धको अविश्वासको प्रस्तावमाथि संसदीय मतदान हुनु अघि ¥याली आयोजना गरिएको हो ।

¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफु बिरुद्धको अविश्वासको प्रस्तावमा विदेशी शक्तिको हात रहेको भन्दै आफ्नो संघर्ष स्मरण गर्न पाकिस्तानी जनतालाई अपील गर्नुभयो ।

क्रिकेटरदेखि प्रधानमन्त्री पदसम्म आइपुगेको भन्दै उहाँले पाकिस्तानका लागि आफ्नो जीवन समर्पण गरेको जिकीर गर्नुभयो । पाकिस्तानाको अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खान विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिएको छ ।

अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदहरुले हस्ताक्षर गरेका छन् ।

सन् २०१८ मा सत्ता सम्हालेका खान विरुद्ध पहिलो पटक अविश्वास प्रस्ताव आएको हो । ३४२ सदस्य रहेको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यकता पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काष्ठमण्डप पुनःनिर्माणले लियो गति, भुईतलाको थाम राखियो
काष्ठमण्डप पुनःनिर्माणले लियो गति, भुईतलाको थाम राखियो
दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो
दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो
नागरिकता विधेयकको मस्यौदा पेस
नागरिकता विधेयकको मस्यौदा पेस
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले लगायो रोक
कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा
कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
केपी ओली अल्पमतमा पर्ने भएपछि सचिवालय वैठक अवरुद्ध भएको आशंका, छलफलमा जुटे प्रचण्ड, बामदेव र नारायणकाजी
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा, अाफ्नै पसलमा काम गर्नेलाइ चिन्दिन भनेपछि..
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
कमल थापाको मन्त्री परिषदमा प्रवेससँगै माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने दबाब झन चुलियो ।
उच्च अदालत जुम्ला इजलासबाट ३७ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत जुम्ला इजलासबाट ३७ प्रतिशत मुद्दा फछ्र्यौट
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी

तपाईंले छुटाउनुभयो कि?