नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित

सारांश

  • श्रावण ६, २०७४- सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ ।
  • नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्‍यो ।
  • इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.

श्रावण ६, २०७४- सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गर्‍यो ।

इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.५ ओभरमा १ सय ६८ रनमा अलआउट भएको थियो । जवाफमा आएका सिंगापुरलाई पनि त्यत्ति नै ओभरमा १ सय ४६ रनमा अलआउट गरी नेपालले रोमाञ्चक विजय हात पारेको हो ।

चार खेलमा नेपालको यो तेस्रो विजय हो । बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएपछि नेपालको छनोट यात्रा कठिन बनिसकेको छ । अफगानिस्तानले लगातार चौथो विजय हात पार्नेक्रममा शुक्रबार १० विकेटले पराजित गर्‍यो । नेपालभन्दा अफगानिस्तान रन रेटमा पनि निकै माथि छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?