दिल्लीमा पंखा बनाउने कारखानामा बिस्फोट हुँदा ७ जनाको मृत्यु
सारांश
- दिल्ली, २० पुस ।
- भारतको राजधानी नयाँदिल्लीमा पंखा बनाउने कारखानामा विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ ।
- दिल्लीको मोतीनगरस्थित सुदर्शन पार्कमा पंखा बनाउने कारखानामा बिस्फोट भएको हो ।
दिल्ली, २० पुस । भारतको राजधानी नयाँदिल्लीमा पंखा बनाउने कारखानामा विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ ।
दिल्लीको मोतीनगरस्थित सुदर्शन पार्कमा पंखा बनाउने कारखानामा बिस्फोट भएको हो । बिस्फोटपछि कारखाना रहेको घरको छत खस्दा ७ जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।
घटनामा परी घाईते भएका ८ जनालाई उद्दार गरी अस्पताल लगिएको छ । भारतीय समाचार संस्था पिटीआईका अनुसार कारखानामा रहेको ग्यास सिलिण्डर विष्फोट भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया