सन्दीपको पहिलो खेलमा पहिलो विकेट यस्तो थियो
सारांश
- काठमाडौं, ३० वैशाख- नेपालबाट पहिलो पटक आइपिएलमा छनौट भएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई राति भएको खेलमा मात्र डेब्यु गराइयो ।
- उनलाई हिजोसम्म डिल्ली डेयरडेभिल्सले ११ वटा खेलमा सहभागी गराएन् ।
- आखिरमा १२औं खेलमा सन्दीपलाई मौका दियो ।
काठमाडौं, ३० वैशाख- नेपालबाट पहिलो पटक आइपिएलमा छनौट भएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई राति भएको खेलमा मात्र डेब्यु गराइयो ।
उनलाई हिजोसम्म डिल्ली डेयरडेभिल्सले ११ वटा खेलमा सहभागी गराएन् । आखिरमा १२औं खेलमा सन्दीपलाई मौका दियो ।
सन्दीपलाई खेल्ने मौका दिंदा नेपालीहरु निकै खुसी भएर सन्दीपलाई विकेट झार्न कामना गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिइरहेका थिए । खेलको दोस्रो ओभरको बलमा सन्दीपले विकेट लिए त्यो निकै अविस्मरणीय रह्यो । उनले पार्थिव पटेललार्इ विकेट लिन सफल भए ।
दिल्ली डेयरडेभिल्सले नेपाली क्रिकेटर लामिछानेले बलिङमा प्रभावशाली प्रदर्शन देखाए। सन्दीपले चार ओभरमा २५ रन मात्रै खर्चिएर १ विकेट लिए । उनले ओपनर पार्थिव पटेललार्इ उनले डलबिडब्लुको धरापमा पारेका थिए।
सन्दीपले उनले डब्यू भारतीय क्रिकेट टोलीका कप्तान क्रिकेटका विश्वमै गणना हुने सर्वोत्कृष्ट खेलाडी विराट कोहलीको टोलीविरुद्ध भएको थियो। विराटसँगै सन्दीपले एबी डिभिलियर्स तथा मोइन अलि जस्ता विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गर्न पाए।
प्रतिक्रिया