प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?

सारांश

  • काठमाडौं, २० चैत ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा तीनजना मन्त्री सहभागी हुने भएका छन् ।
  • मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रधानमन्त्रीको भ्रमण टोलीमा तीनजना मन्त्री सहभागी हुने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा तीनजना मन्त्री सहभागी हुने भएका छन् । मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रधानमन्त्रीको भ्रमण टोलीमा तीनजना मन्त्री सहभागी हुने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव रहने छन् । अर्थमन्त्री खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादव काठमाडौँबाट प्रधानमन्त्रीसँगै दिल्ली जाने छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भने अजरबैजानबाट सिधै दिल्ली पुग्नेछन् ।

परराष्ट्र मन्त्री ज्ञवाली अजरबैजानमा हुने असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन अजरबैजान जाँदैछन् । मन्त्रिस्तरीय सम्मेलन चैत २२ र २३ मा हुँदैछ । प्रधानमन्त्री ओली चैत २३ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा जाँदै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि, प्रतितोला ९३ हजार ५०० रुपैयाँ
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था
जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था
आज २७ सय ३६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित २ लाख नजिक
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
निर्माण थालिएको १२ वर्ष बित्दासमेत पुरा भएन तमोरको पुल निर्माण
ओली(दाहालबीचको भेटवार्ता सम्पन्न
ओली(दाहालबीचको भेटवार्ता सम्पन्न
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन
आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन
ढुङ्गामुढा र हडताल गर्ने होइन कांग्रेस असल प्रतिपक्ष : प्रवक्ता शर्मा
ढुङ्गामुढा र हडताल गर्ने होइन कांग्रेस असल प्रतिपक्ष : प्रवक्ता शर्मा
विश्वकप फुटबल २०१८: फ्रान्ससंग अस्ट्रेलिया पराजित
विश्वकप फुटबल २०१८: फ्रान्ससंग अस्ट्रेलिया पराजित

तपाईंले छुटाउनुभयो कि?