ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२९ पटक हेरिएको
Shares
ओली–मोदीविरुद्ध गगन थापाले निजी स्वार्थ राखेर बोलेको भन्दै ४ नम्बर क्षेत्रका जनता रुष्ट, बेकार भोट हालिएछ भन्दै गुनासो

सारांश

  • काठमाडौं, १ जेठ ।
  • काठमाडौं ४ नम्बर क्षेत्रका जनता अहिले आफूले जिताएर पठाएका सांसद नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापासँग रुष्ट बनेका छन् ।
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई लिएर हिजो संसदमा निजी स्वार्थ पालेर बोलेको भन्दै त्यहाँका जनता रुष्ट बनेका हुन् ।

काठमाडौं, १ जेठ । काठमाडौं ४ नम्बर क्षेत्रका जनता अहिले आफूले जिताएर पठाएका सांसद नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापासँग रुष्ट बनेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई लिएर हिजो संसदमा निजी स्वार्थ पालेर बोलेको भन्दै त्यहाँका जनता रुष्ट बनेका हुन् । स्रोतका अनुसार उनलाई भोट हालेका जनता नै अहिले भन्न थालेका छन्,‘गगनजीले ओली र मोदीलाई निजी स्वार्थ राखेर चेतावनी दिए, बेकार भोट हालिएछ, हामी मात्रै होईन, अरु जनतापनि यसबाट निराशजनक भएका छन् ।’

सांसद थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई उनैले धार्मिक भ्रमण भनेकाले धेरै टिप्पणी नगर्ने बताएका थिए । संसदको विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद थापाले मोदीको भ्रमण कस्तो भन्नुभन्दा पनि नेपालका प्रधानमन्त्रीले लुकाउन खोजेका कुराप्रति आश्चर्य व्यक्त गरेका थिए ।

उनले सडकमा कुनै आरोप लाग्नुअघि नै ओलीले आफूले मुलुकको हित विपरीत नगरेको प्रतिक्रिया दिनुले धेरै कुरा लुकेको हुनसक्ने भन्दै आपत्ति जनाएका थिए ।

थापाले संसदमा भनेका थिए,‘प्रधानमन्त्री ओलीको पहिलो दिन सम्झें हिजो प्रधानमन्त्रीले धेरै कुरा लुकाएकोजस्तो लाग्यो । कसैलाई सिंगडा बेच्न गएको कसैलाई घुँडा टेक्न गएको भन्ने अहिले आफूले के गरेको ?’

थापाले थपे, ‘न संघर्ष न समर्पण भनेर बीपीले भन्दा महेन्द्रले हटाए । सुशील कोइरालाले घुँडा नटेक्दा नाकाबन्दी लाग्यो । अहिले भारतीय सेना आउँदा ओली किन चुप ?’

‘ओलीलाई अहिले महालम्पसारवादी भन्न नपाउने कि पाउने ? हिजो घुँडामा घाउ भयो कि भएन भन्नेलाई मैले सोध्न पाउने कि नपाउने कि प्रधानमन्त्री ज्यू तपाईको खुट्टामा भ्वाङ पर्यो कि परेन ? प्रदेश २ को मुख्यमन्त्रीले भन्दा किन चुप ? विदेशले मुख्यमन्त्री चिन्दैन परराष्ट्र मन्त्री चिन्छ । परराष्ट्र मन्त्रीले मुख्यमन्त्रीलाई तालाबन्दी दिने कि नदिने ? भन्दै थापाले कडा प्रश्न गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
पेचिलो बन्दै प्रदेश नं २ को कामकाजको भाषा, नाम र स्थायी राजधानी
पेचिलो बन्दै प्रदेश नं २ को कामकाजको भाषा, नाम र स्थायी राजधानी
प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित
प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्बोधन स्थगित
‘मायाको माया’ मा अनुपविक्रम र आनाको रोमान्स
‘मायाको माया’ मा अनुपविक्रम र आनाको रोमान्स
अनुसन्धानमा अब्बल बन्दै प्रहरी
अनुसन्धानमा अब्बल बन्दै प्रहरी
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी
बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी
राधिका हत्या प्रकरणः प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिका हत्या प्रकरणः प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा तय गर्न परराष्ट्रमन्त्री छलफलमा
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन

तपाईंले छुटाउनुभयो कि?