बुटवल उपमहानगरपालिकामा एमालेको बिजय जुलुस सुरु ,

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बुटवल उपमहानगरपालिकामा एमालेको बिजय जुलुस सुरु ,

सारांश

  • १९०० सय  मत गन्न बाँकी रहँदा एमालेका शिवराज सुवेदी  २५०० मतले अगाडि  बुटवल ।
  • दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन पराजय उन्मुख देखिएको छ ।
  • गठबन्धन दललाई पाखा लगाउँदै बुटवल उपमहानगरपालिकामा नेकपा एमाले जितको नजिक पुगेको छ ।

१९०० सय  मत गन्न बाँकी रहँदा एमालेका शिवराज सुवेदी  २५०० मतले अगाडि

 बुटवल । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन पराजय उन्मुख देखिएको छ । गठबन्धन दललाई पाखा लगाउँदै बुटवल उपमहानगरपालिकामा नेकपा एमाले जितको नजिक पुगेको छ ।बुटवलमा अहिलेसम्म १७ वटा वडाको नतिजा आइसकेको छ । वडा नम्बर १३ बाहेक सबै वडा एमालेले जितिसकेको छ । अहिले १८ नम्बरको मतगणना भइरहेको छ । अब १९ नम्बर वडा मात्र गन्न बाँकी छ ।बुटवल उपमहानगरपालिकामा कुल ४९ हजार ८ सय ९५ मत खसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?