कोहलपुरको नमूना बसपार्क सञ्चालनमा आउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
३३ पटक हेरिएको
Shares
कोहलपुरको नमूना बसपार्क सञ्चालनमा आउने

सारांश

  • कोहलपुर ४ जेठ ।
  • कोहलपुरमा निर्माणाधीन लामो दूरीको नमूना बसपार्क दसैँ अगाडि नै सञ्चालनमा आउने भएको छ ।
  • बसपार्कको टर्मिनल भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य सहायक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् ।

कोहलपुर ४ जेठ । कोहलपुरमा निर्माणाधीन लामो दूरीको नमूना बसपार्क दसैँ अगाडि नै सञ्चालनमा आउने भएको छ । बसपार्कको टर्मिनल भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य सहायक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् ।

दसैँअघि पूर्णरुपमा सञ्चालनमा आउने गरी बसपार्कको संरचना निर्माण कार्य भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार, बसपार्कको टर्मिनल भवन रङ्गरोगन गर्न बाहेक अरु काम आंशिक रुपमा सम्पन्न भएको छ । लामो दूरीका बस छुट्ने गरी निर्माण गरिएको सो बसपार्कभित्र अत्याधुनिक शौचालय, स्वास्थ्य जाँचको व्यवस्था र प्रहरीको युनिटसमेत रहने छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले आप्mनो कार्यकालका लागि बसपार्क निर्माण निकै महत्वपूर्ण रहेको बताए। उनले नगरपालिकाको यथेष्ट बजेट नभए पनि कोहलपुर नगरविकास समितिको ऋण सहयोगले समयमै बसपार्क निर्माण गर्न सकिएको उल्लेख गरे ।

कोहलपुरमा अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामोदूरीमा सञ्चालन हुने बसको लागि कोहलपुर चौराह नजिकै नेपालकै नमूना अत्याधुनिक बसपार्क निर्माण थालिएको हो । उनका अनुसार, २०७७ फागुन २४ गते रु २७ करोड ८४ लाख ६६ हजारमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको हो । बसपार्क निर्माणको लागि कूल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम विनियोजन गरिएको छ । पाँच बिघा १६ कठ्ठामा निर्माण भइरहेको बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको छ ।

निर्माण व्यवसायी टेकबहादुर खडकाले तोकिएको सम्झौता अवधि अगावै उक्त बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिने बताए । उनका अनुसार, अत्याधुनिक कोहलपुर बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्स सहितको हुनेछ । पाँच तलाको सपिङ् कम्प्लेक्ससहितको निर्माणाधीन कोहलपुर बसपार्क नेपालकै अत्याधुनिक बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर बालकृष्ण महराले बताए । अहिलेसम्म निर्माण कार्य प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

कोहलपुर बसपार्कलाई नगरपालिकाले गौरवको योजनाका रुपमा अगाडि सारेको कार्यपालिका सदस्य एवं आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए । बसपार्क निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिलेसमेत आवश्यक अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
मृत्युपछि डायलासिसको पालो
मृत्युपछि डायलासिसको पालो
हक्कीको उर्बरभूमि-‘उल्टाखाम र बागफाँटा’
हक्कीको उर्बरभूमि-‘उल्टाखाम र बागफाँटा’
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
विद्यालयमै धमाधम पढाई सुरु
विद्यालयमै धमाधम पढाई सुरु
हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम
हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

तपाईंले छुटाउनुभयो कि?