नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २७, २०७७
|
|
२७ पटक हेरिएको
Shares
नेपाली भूमि मिच्दै भारतले बनायो चीन जोड्ने बाटो

सारांश

  • नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो खुलाएको छ ।
  • नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको जनाएको छ ।
  • भारतको रक्षा मन्त्रालयले हालै यसबारे जानकारी गराएको छ ।

नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो खुलाएको छ । नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खुलाएको जनाएको छ । भारतको रक्षा मन्त्रालयले हालै यसबारे जानकारी गराएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडिओ सन्देश मार्फत उक्त रोडको उद्घाटन गरेका थिए ।

भारतको उत्तराखण्डमा पर्ने धार्चुलाको पिथौरागढदेखि नेपालको दार्चुलाको भूमि हुँदै भारतले तिब्बतसँगको बाटो खोलेको हो । त्यसो त, चिनियाँ राष्ट्रपति सी जिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस क्षेत्रमा व्यापारीक नाका खुलाउने भन्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । जहाँ नेपालको सहभागिता थिएन ।

यसपटक नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि कुनै प्रतिक्रिया दिएको छैन । नेपालस्थित सीमाविद्हरुले भने भारतको यो निर्णयलाई सुगौली सन्धि विपरीत भएको बताएका छन् । यसअघि पनि भारत सरकारले लिपुलेक क्षेत्रलाई आफ्नो भूमिमा पर्ने गरी नक्सा तयार पारेपछि नेपालीहरुले व्यापक विरोध जनाएका थिए । कुटनीतिक तहमा भने यसबारे कुनै छलफल भएन । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?