सकिएन भरतपुर मुद्दाको सुनुवाई , भोलि पनि सुनुवाई हुने
सारांश
- काठमाडौं, साउन ९ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाई हुने भएको छ ।
- न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरषोत्तम भण्डारीको इजलासमा सोमबार भएको सुनुवाईमा बहस नसकिएका कारण यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको हो ।
- मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो ।
काठमाडौं, साउन ९ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाई हुने भएको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरषोत्तम भण्डारीको इजलासमा सोमबार भएको सुनुवाईमा बहस नसकिएका कारण यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको हो ।
मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो ।
त्यसपछि १९ नम्बर वडाका वडा सदस्य गुञ्जमान बिकसमेतले आयोगको निर्णय खारेज गरी मतगणना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । वैशाख २१ गते दर्ता भएको यो मुद्दामा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको साढे २ महिना हुनै लाग्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।
प्रतिक्रिया