पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन
सारांश
- काठमाडौं- २५ कार्तिक।
- पञ्चायतकालमा तीन पटक प्रधानमन्त्री बनेका कीर्तिनिधि विष्टको शनिबार बिहान निधन भएको छ।
- ९१ वर्षीय विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो।
काठमाडौं- २५ कार्तिक। पञ्चायतकालमा तीन पटक प्रधानमन्त्री बनेका कीर्तिनिधि विष्टको शनिबार बिहान निधन भएको छ। ९१ वर्षीय विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासन सत्ता लिएपछि विष्ट मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए।
२०२५-२०२६, २०२८-२०३० र २०३४-२०३६ सालमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए। २०३० सालमा सिंहदरबार आगलागी हुँदा विष्टले नैतिकताको कारण जनाउँदे पदबाट राजीनामा दिएका थिए। विष्ट क्यान्सरबाट पीडित थिए। उनको जन्म १९८३ मा ठमेलमा भएको थियो। विष्टको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ।
Kirtinidhi Bista, a humble and proud son of Nepal, passed away today. May his patriotism and clean public life inspire generations to come.
— Yubaraj Ghimire (@YubarajGhimire3) November 11, 2017
प्रतिक्रिया