यसकारण विस्तार हुन सकेन हवाई पूर्वाधार

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
यसकारण विस्तार हुन सकेन हवाई पूर्वाधार

सारांश

  • वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अध्यक्ष पवित्रकुमार कार्की तीन दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा आबद्ध छन् ।
  • नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष, डाँफे ट्राभलका प्रबन्ध निर्देशक तथा एयर डाइनेस्टीका प्रबन्ध निर्देशक कार्कीले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
  • मुलुकमा हवाई पूर्वाधारको अवस्था, यसप्रति सरकार र मातहतका निकायको लापरबाहीबारे यसो भन्छन् कार्की : विकासको गति आकलन गर्न नसक्नु नेपालमा जहाजमा यात्रा गर्ने यात्रुको संख्या निरन्तर बढ्दो छ ।

वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अध्यक्ष पवित्रकुमार कार्की तीन दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा आबद्ध छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष, डाँफे ट्राभलका प्रबन्ध निर्देशक तथा एयर डाइनेस्टीका प्रबन्ध निर्देशक कार्कीले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । मुलुकमा हवाई पूर्वाधारको अवस्था, यसप्रति सरकार र मातहतका निकायको लापरबाहीबारे यसो भन्छन् कार्की :

विकासको गति आकलन गर्न नसक्नु

नेपालमा जहाजमा यात्रा गर्ने यात्रुको संख्या निरन्तर बढ्दो छ । एकातर्फ वैदेशिक रोजगारीमा जुन हिसाबले नेपाली युवा आकर्षित भइरहेका छन्, त्यसले अन्तर्राष्ट्रिय वायुसेवाको व्यापार बढाएको छ भने, अर्कोतर्फ पर्यटक आगमनमा पनि निरन्तर वृद्धि भइरहेको छ । नेपालको आन्तरिक वातावरण प्रतिकूल हुँदाको अवस्थामा पर्यटक आगमन बढिरहेका छन् । भविष्यमा राजनीतिक स्थिरता भयो र देशको छवि सकारात्मक बन्दै गयो भने त्यसवेला प्रत्येक वर्ष १५÷२० प्रतिशत हाराहारीमा पर्यटक आगमन बढ्छ । नेपाल भित्रिने पर्यटकलाई गन्तव्यसम्म पु¥याउन हवाई सेवा प्रमुख माध्यम हो । नेपालीको आयस्रोतमा वृद्धि हुने र आर्थिक गतिविधिसमेत बढेपछि वायुसेवाले सजिलै बजार पाउने अवस्था छ । तर, सेवाको दृष्टिकोणबाट जसरी लगानी अभिवृद्धि भयो, त्यही अनुपातमा सरकार हवाई पूर्वाधार निर्माणमा उदासीन भयो । विकासका गतिबारे राज्यले सही आकलन नै गर्न नसक्दा आज भद्रगोल अवस्थामा हवाई पूर्वाधार पुगेको हो ।

हवाई सेवाको विकल्प तयार गर्न नसक्नु

कठिन भौगोलिक अवस्थितिका कारण नेपालमा सडक यातायातको विकास र विस्तार सहज छैन । भएको सडक पनि सुरक्षित छैन । सार्वजनिक यातायात सहज छैन । मानिसले सास्ती भोगेर यात्रा गर्नुपर्ने बाध्यता छ । यस अवस्थामा हवाई सेवा एक भरपर्दो यातायातको माध्यम बनेको छ । अर्कोतर्फ दुर्गम भेगका मानिस बिरामी हुँदा आकस्मिक उद्धार होस् या कतिपय अवस्थामा हातमुख जोड्नसमेत हेलिकोप्टर प्रयोग गर्नुको विकल्प छैन । जनताको आयस्रोतमा वृद्धि हुनु तथा पर्यटकले समेत हेलिकोप्टरको माग गर्ने र चढ्ने क्रम बढेपछि यसमा लगानी बढेको छ । राज्यले न हवाई सेवाको विकल्पमा अन्य सेवाको विस्तार गर्न सक्यो, न हवाई सेवामा बढेको लगानी थेग्न सक्ने गरी पूर्वाधार नै विकास गर्न सक्यो । खासगरी, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक भर पर्दै यसको क्षमता विस्तार या विकल्प तयार पार्ने काममा राज्य असफल भएको परिणाम अहिले देखिएको हो ।

विमानस्थल निर्माणमा लापर्बाही र अनियमितता

सरकारको योजनाअनुसार काम भएको भए त्रिभुवन विमानस्थल विस्तार आयोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइसक्नुपर्ने थियो । अहिले सहज वातावरण बनिसकेको हुने थियो । आगामी केही महिनाभित्रै भैरहवा विमानस्थल सञ्चालनमा आइसक्ने थियो, जसलाई त्रिभुवन विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न सकिन्थ्यो । त्यसपछि पोखरा विमानस्थल निर्माण सम्पन्न भइसक्ने थियो । यी विमानस्थलबाट सेवा प्रदान गरिँदागरिँदै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिन्थ्यो । तर, यी सबै आयोजना लापर्बाही र अनियमितताको सिकार भए । अहिले भैरहवा विमानस्थल मात्रै निर्माण सम्पन्न भएको भए, केही उडान त्यहाँबाट गर्न सकिन्थ्यो । रातमा आएका जहाज भैरहवामा पार्क गरेर राख्न सकिन्थ्यो । भैरहवालाई आधार बनाएर पनि अन्तर्राष्ट्रिय उडान गर्न सकिन्थ्यो । यसले धेरै हदसम्म काठमाडौंको समस्या हल हुने थियो ।

त्रिभुवन विमानस्थलमा अधिक भार

एउटा व्यापारीले जब नाफा देख्छ या व्यापार बढेको आकलन गर्छ, स्वाभाविक रूपमा उसले लगानी थप्न चाहन्छ । नेपालमा अनुकूल वातावरण बनेकै कारण हवाई क्षेत्रमा लगानी वृद्धि भएको हो । तर, सरकार त्रिभुवन विमानस्थलबाहेक अन्य क्षेत्रमा पनि ठूला विमानस्थल आवश्यक छ भन्नेमा कहिल्यै पनि गम्भीर भएन । यसको परिणाम आज व्यवसायी, पर्यटक र आमनेपाली यात्रुले प्रत्यक्ष भोग्नुपरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो भयावह अवस्था सिर्जना भइसकेको छ कि यसबाट तत्काल पार पाउन कुनै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण या सरकारसँग नै छैन ।

काम नगरी जस लिने दलहरूको होडबाजी

विकास आयोजनामा काम नगरी जस लिन खोज्ने नेपालका राजनीतिक दल र नेतृत्वको प्रवृत्तिबाट हवाई पूर्वाधार पनि अछुतो छैन । उदाहरणका लागि अहिले जलविद्युत्मा एउटा सरकारले कुनै कम्पनीलाई विनाप्रतिस्पर्धा आयोजना जिम्मेवारी दिने र अर्को सरकारले त्यसलाई उल्टाएर चोखिन खोज्ने होडबाजी चलेको छ । काम नगरी जनताबीच जस लिन होडबाजी गर्ने प्रवृत्ति हो । जे गर्दा आफ्नो पार्टी र नेतृत्वलाई फाइदा हुन्छ या कमाउन सकिन्छ, त्यसैगरी आयोजनालाई झुलाइरहने काम भएको छ । काम नगर्ने कम्पनीलाई ठेक्का दिने र काम नगरे उसमाथि कारबाही गर्न नसक्ने अवस्था छ ।

काम गर्ने निकायमा ‘माथि’को हस्तक्षेप

नेपालमा हवाई पूर्वाधार निर्माण आयोजना कार्यान्वयन गर्ने आधिकारिक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण हो । प्राधिकरणसँग बजेट नभएको पनि होइन । उसलाई सहयोग गर्ने दाता नभएका पनि होइनन् । तर, आयोजना कार्यान्वयनमा खटिने कर्मचारी निरीह छन् । आफू अनुकूल भएन भने प्राधिकरणका महानिर्देशक हस्तक्षेप गर्छन् । महानिर्देशकमाथि मन्त्रीले हस्तक्षेप गर्छन् । मन्त्रीमाथि मन्त्रिपरिषद्ले हस्तक्षेप गर्छ । मन्त्रिपरिषद्लाई राजनीतिक पार्टीले हस्तक्षेप गर्छ । पार्टीलाई दूतावासमार्फत विदेशी राष्ट्रहरूले हस्तक्षेप गरिदिन्छन् । यसरी, निरन्तर ‘माथि’को हस्तक्षेपका अगाडि एउटा कर्मचारी या अधिकारी निरीह हुन्छ । त्यसकारण, विकासका पूर्वाधार आज लथालिंग अवस्थामा पुगेको हो । मुलुकले निकै लामो समयदेखि यस्तो समस्या भोग्दै आएको छ ।

अनावश्यक खर्च र लगानी खेर फाल्नुपर्ने बाध्यता

व्यापारीले बिजनेस देखेरै भित्र्याएका जहाज पूर्वाधार अभावमा विमानस्थलमा थन्क्याएर राख्नुपरेको छ । उडेका जहाज ट्राफिक जाममा परी आकाशमा घन्टौँ होल्ड गर्नुपर्छ । त्यसवेला कम्पनीमाथि ठूलो व्ययभार पर्छ । यसले हवाई कम्पनीको विश्वसनीयता र सुरक्षित सेवामाथि प्रश्न उठ्न थालेको छ । सानो कोठामा जहाज कुर्न बसेका यात्रुको दयनीय अवस्था छ । साँघुरा संरचनालाई समयसापेक्ष सुधारमा ध्यान दिन सकिएको छैन । यसप्रकार कम्पनीहरूको अनावश्यक खर्च बढिरहँदा लगानी खेर जाने हो कि भन्ने चिन्ता व्यवसायीमा बढेको छ ।

आफ्नै निर्णय कार्यान्वयन गर्न नसक्ने सरकार

प्राधिकरणले त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सार्ने योजना सार्वजनिक गरेको निकै भइसक्यो । तर, कार्यान्वयन हुन सकको छैन । कुन योजना कसको स्वार्थमा रोकिन्छ या अगाडि बढ्छ, कसैलाई थाहा हुँदैन । प्राधिकरणले कतिपय कम्पनीलाई काठमाडौँबाहिर आधार बनाएर उडाउने गरी अनुमति दिए पनि सबै वायुसेवा काठमाडौंमै केन्द्रित छन् । उनीहरूमाथि कडाइ गरी जहा“बाट आधार बनाएर उडाउने गरी अनुमति लिएको हो, सोही विमानस्थलमा मात्र उडाउने या पार्किङ गर्ने गरी आन्तरिक वायुसेवालाई नियमन गर्न प्राधिकरण असफल भएको छ । सरकारले एउटा नियम बनाउँछ, नियम कार्यान्वयन गर्ने मन्त्री, सचिव या महानिर्देशक पैसा लिएर नियम मिच्ने देश हो नेपाल । काठमाडौंमा जति बढी ट्राफिक चाप भए पनि पैसा तिरेपछि जतिसुकै कम्पनी आए पनि काठमाडौंलाई नै आधार बनाएर उडाउन पाउँछन् । अन्तर्राष्ट्रिय कम्पनीले जतिसुकै मूल्य लिए पनि प्राधिकरणले उनीहरूमाथि कडाइ गर्न सकिरहेको छैन ।

विकासको गति रोक्ने कि प्रोत्साहित गर्ने ?

काठमाडौंमा ट्राफिक चाप बढ्यो भन्दैमा नेपालमा हवाईजहाज बढी भयो भन्ने निष्कर्षमा पुग्नु मूर्खता हुन्छ । अहिले पनि दूरदराजका मानिससम्म यातायातको भरपर्दो सेवा विस्तार गर्न सकिएको छैन । नेपालमा जहाज या वायुसेवा कम्पनी बढी भएको होइन, पूर्वाधार निर्माण गर्न सरकार र प्राधिकरण असफल भएको हो । बजारमा जति धेरै जहाज भित्रिए, त्यति बढी जनताले सेवा पाउँछन् । वर्षमा एक–दुईवटा थपिने जहाजलाई पनि पार्किङ स्थान दिन सक्दैन भने सरकार र नियामक निकायको जिम्मेवारी कसरी पूरा हुन्छ ? सरकारको काम जनतालाई दुःख दिने होइन, सुविधा विस्तार गर्ने हो । सुदूरपश्चिमका जनता हवाई सुविधा चाहन्छन्, सुदूरपूर्वका जनतासम्म सेवा विस्तार हुन सकेको छैन । हामी काठमाडौंबाहिर पूर्वाधारको विकल्प नै खोज्न नसक्ने अनि हवाई क्षेत्रको विकासको रफ्तार रोक्न खोज्नु गलत कदम हो ।नयाँपत्रीका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ
सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीनजना पक्राउ
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
आर्थिक अपराध’ गरेको दाबी गर्दै जनार्दन र कुलमानमाथि खनिए सांसदहरु, ,,,,,,,,
आर्थिक अपराध’ गरेको दाबी गर्दै जनार्दन र कुलमानमाथि खनिए सांसदहरु, ,,,,,,,,
रेडक्रसलाई एम्बुलेन्स प्रदान
रेडक्रसलाई एम्बुलेन्स प्रदान
मालपोतमा उठेको साढे ४ करोड कर्मचारीले आफ्नो खातामा जम्मा पारेपछि….
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
परिवार नियोजन गर्न गएकी महिलाको आन्द्रा काटियो
परिवार नियोजन गर्न गएकी महिलाको आन्द्रा काटियो
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव
सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

तपाईंले छुटाउनुभयो कि?