सडक बिस्तारमा मेयरको घर बाधक!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
६० पटक हेरिएको
Shares
सडक बिस्तारमा मेयरको घर बाधक!

सारांश

  • बुटवल, ३ जेठ ।
  •   रुपन्देही तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेको घर सडकको मापदण्ड पुरा नगरेकोले ड्राईभर टोल – डिंगनर सडक स्तरउन्ती नभएको नेपालि कांग्रेस नगर सभापति हरिलाल पाण्डेले बताएका छन् ।
  • नगरपालिका भित्र रहेका २५ वटा पुराना सडक स्तरउन्ती गर्ने भनिएपनि उक्त सडकखण्ड बिस्तार नभएको सभापति पाण्डेले बताए ।

बुटवल, ३ जेठ ।  रुपन्देही तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेको घर सडकको मापदण्ड पुरा नगरेकोले ड्राईभर टोल – डिंगनर सडक स्तरउन्ती नभएको नेपालि कांग्रेस नगर सभापति हरिलाल पाण्डेले बताएका छन् ।

नगरपालिका भित्र रहेका २५ वटा पुराना सडक स्तरउन्ती गर्ने भनिएपनि उक्त सडकखण्ड बिस्तार नभएको सभापति पाण्डेले बताए ।

पुराना सडकहरु स्तर उन्नती गरी १३ मिटर अथवा ४३ फिट बनाउनु पर्ने भएपनि नगरप्रमुखको घर भएकोले त्यो सडक बिस्तार नभएको हो । एकिकृत सम्पतिको नाममा जनता संग प्रतक्ष कर लिईसकेपछि नगरपालिकाले सडक कालोपत्रे लगायतका अन्य निर्माणको लागी ५०–५० को जनसहभागिताको योजना खारेजीको लागी आफुहरुले दबाद दिने उनले बताए ।

विकास निर्माण र कर सम्बन्धमा नेपाली कांग्रेस तिलोत्तमा नगर समितिको धारणा सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख पाण्डेले जनताको ढाड सेक्ने गरि जनताले कर तिर्न नसक्ने बताए । जनतालाई नै उठिबास लगाउने किसिमबाट जनताले कर तिर्न नसक्ने भन्दै थि निर्णयहरु सञ्चाउन माग समेत गरेका छन् ।

एकिकृत सम्पति करको सम्बन्धमा जनताको स्वामित्वमा रहेको जग्गाको कर निर्धारण गर्नु पूर्व जग्गालाई २ भागमा बिभाजन गरिनु पर्ने बताउँदै खेतियोग्य र ब्यवसायीक तथा घडेरी प्रयोवजन छुट्टाउन माग समेत गरे । घरको कर निर्धारण गर्दा आवासिय घर र व्यवसायीक प्रयोजनको लागी छुट्टाएर मात्र कर निर्धारण गर्न समेत नेपाली कांग्रेस तिलोत्तमा समितिले माग गरेको छ ।

नगर समितिले व्यवसायिक करको सम्बन्धमा उद्योगी ब्यवसायीलाई संरक्षण गर्नुपर्ने बताउँदै अगाढि बढ्न माग समेत गरेको छ । नगरक्षेत्र भित्र रहेका क्रेशर उद्योगहरुलाई उचित क्षतिपुर्तिको समेत माग गरेको छ ।

नगरपालिका भित्र रहेका सम्पूर्ण सम्पूर्ण सामुदायीक बिद्यालयको स्तरउन्नती गर्दै समयसापेक्ष शिक्षाको लागि अनुदानको व्यवस्था गरिनुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?