सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै

सारांश

  • श्रावण २४, २०७४- मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा.
  • गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै छन् ।
  • सरकारी उदासिनताको विरोधस्वरुप उनीहरूले कालोपट्टी बाधेर काम गर्ने घोषणा गरेका छन् ।

श्रावण २४, २०७४- मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै छन् । सरकारी उदासिनताको विरोधस्वरुप उनीहरूले कालोपट्टी बाधेर काम गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सक संघ (गोडान) ले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थानमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ । गोडानको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

‘डा. केसीका पाइलाहरुप्रति गोडानका तर्फबाट ऐक्यवद्धता जाहेर गर्दछौं,’ गोडानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले भने, ‘हामी उनको जीवनरक्षा गर्न देशव्यापी रुपमा प्रतिकारमा जानेछौं ।’ राज्य पक्षबाट कुनै ठोस निर्णय नहुँदा ११ औं आमरण अनसन मंगलबार १६ औं दिन पुगेको छ भने डा. केसीको स्वास्थ्य स्थिति निरन्तर जटिल बन्दै गइरहेको छ । त्यसलाई ध्यान दिई बाध्य भएर कठोर निर्णय गर्नुपरेको उनले जनाए ।

कागजी रुपमा माग सम्बोधन गर्ने तर व्यवहारमा नउतार्ने प्रवृत्तिले डा. केसीलाई ११ औं पटक अनसन बस्न बाध्य पारेको उल्लेख गर्दै डा. पाण्डेले सरकार चिकित्सा शिक्षा र सेवामा संवेदनशील नभएको, व्यापारीको आवाज बढी सुनेको आरोप लगाए । विगतमा समेत डा. केसीको १० औं अनसन ताका गोडानले दुई दिनसम्म देशव्यापी विरोध कार्यक्रम गरेपछि सहमति भएको थियो ।

गोडानका प्रतिनिधिले मंगलबार त्रिवि शिक्षण अस्पताल गएर अनशनरत डा. केसीसंग भेटी आन्दोलनप्रति समर्थन जनाएका थिए । उनीहरुले मंगलबारै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसंग भेटेर डा. केसीको जीवन रक्षाको अपिलसमेत गरेका थिए । मुलुकभर प्राथमिक स्वास्थ्य केन्द्र र केन्द्रिय तहका अस्पतालसम्म गरी करिव एक हजार ६ सयभन्दा बढी सरकारी चिकित्सक कार्यरत छन् ।

गोडानका अनुसार निजी अस्पताल र निजी चिकित्सक धेरै जसो शहरकेन्द्रित रहेकाले गरिव, निमुखा मात्र नभइ मध्यम वर्गिय लगायतकाहरुलाइ स्वास्थ्य सेवा पुर्‍याउने ठाउँमा सरकारी चिकित्सकहरुको उपस्थिति छ ।

ठोस प्रस्ताव आएन 
सरकारी वार्ता समिति र डा. केसकिा प्रतिनिधिबीच आइतबार यता वार्ता हुन सकेको छैन । मंगलबार पनि वार्ता भएन । सरकारले १३ दिनअघि वार्ता समिति निर्माण गरेकोमा हालसम्म ५ पटक मात्र वार्ता भएको उल्लेख गर्दै केसीका प्रतिनिधि डा.वाइपी सिंहले भने, ‘सरकारी वार्ता समितिले संसदमा रहेको विधेयक र त्रिविसंग सम्वन्धित मागबारे कुनै ठोस प्रस्ताव ल्याउनै सकेको छैन ।’

उनले मंगलबार सरकारी पक्षले वार्तामा बोलाए पनि आफूले पहिला केही गरेर देखाउन आग्रह गरेको वताए । केसीका अर्का प्रतिनिधि डा. अभिशेकराज सिंहले भने, ‘सरकारको संवेदनहिनता र गैरजिम्मेवारीले सरकारी पक्ष गृहकार्यविना प्रस्तुत हुने गरेको छ । उहाँहरु वार्तामा कुनै तयारी गरेर आउनु हुन्न भने निष्कर्ष कसरी निस्किएला ?’

स्वास्थ्य थप जटिल
डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ । आमरण अनसन थालेको मंगलबार १६ दिन पुगेपछि चिकित्सकहरु थप चिन्तित भएका छन् । ‘अनसन लम्बिँदै जाँदा स्वास्थ्य स्थितिमा जटिलता थपिँदै गएको छ,’ प्रा.डा. दिव्यासिंह शाहले भनिन्, ‘छाती दुख्ने समस्या अलि बढेको छ, घाटी दुख्ने समस्यासमेत देखियो ।’

डा. केसी बोल्न थाल्दा ‘धड्कन’, बढ्ने गरेको छ भने हात सुन्निएको छ । उनमा टाउको, जिउ दुख्ने, मांशपेशी बटारिने समस्या यथावत छन । शरिरमा सेतो रक्तकोषको संख्यामा कमीसंगै पोटासियम, म्याग्नेसियमलगायत इलेक्ट्रोलाइटको समेत कमी बढ्दै गएको छ ।इकान्तिपुर बाट साभार ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?