कुन हो रजनीकान्तको आउँदै गरेको फिल्म ?
सारांश
- मुम्बई, १५ जेठ ।
- रजनीकान्तले आफ्ना समर्थकका लागि बेग्लै ढंगले दस्तक दिएका छन् ।
- उनको आउँदै गरेको फिल्म काला को ट्रेलर रिलीज भएको छ ।
मुम्बई, १५ जेठ । रजनीकान्तले आफ्ना समर्थकका लागि बेग्लै ढंगले दस्तक दिएका छन् । उनको आउँदै गरेको फिल्म काला को ट्रेलर रिलीज भएको छ ।
यो फिल्ममा रजनीकान्त आफ्नो धमाकेदार अन्दाज र फरक स्टाईलमा देखा परेका छन् । धारावी झुग्गीको पृष्ठभूमीमा बनाइएको फिल्ममा रजनीकान्त सधैँ झैँ आकर्षक अवतार र एक्सन लुकमा देखिएका छन् ।

रजनीकान्त अभिनित चलचित्र काला को निर्देशन पा. रन्जीतले गरेका हुन् । रन्जीत यो भन्दा पहिले कवाली मा रजनीकान्तसँग काम गरिसकेका छन् । फिल्ममा सन्तोष नारायणको संगीत रहेको छ ।
कालामा रजनीकान्तसँगै समुथिरकानी, अंजली पटेल, शिवाजी शिन्दे र पंकज त्रिपाठी जस्ता कलाकार मुख्य भमिकामा देखिँदै छन् । भने नाना पाटेघरले नकारात्मक भूमिका निभाउने छन् ।

फिल्ममा रजनीकान्त सधैँ झैँ गरिबहरुको भगवानका रुपमा देखिनेछन् । जुन उनका समर्थकका लागि सबैभन्दा राम्रो उपहार हुनेछ ।
प्रतिक्रिया