अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३, २०७३
|
|
६०५ पटक हेरिएको
Shares
अकुत सम्पत्तिमा तानिँदै लोकमान, छानबिन गर्न सरकारलाई निर्देशन

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ ।
  • संसदको महाभियोग सिफारिस समितिको प्रतिवेदन अनुमोदन गर्दै सदनले मंगलबार सरकारलाई यस्तो निर्देशन दिएको हो ।
  • संसद सचिवालयका कानुनसचिव अर्जुन खड्काका अनुसार यो निर्देशनपछि कार्कीमाथि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानको कानुनी बाटो खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ ।

संसदको महाभियोग सिफारिस समितिको प्रतिवेदन अनुमोदन गर्दै सदनले मंगलबार सरकारलाई यस्तो निर्देशन दिएको हो ।


संसद सचिवालयका कानुनसचिव अर्जुन खड्काका अनुसार यो निर्देशनपछि कार्कीमाथि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धानको कानुनी बाटो खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

अख्तियार प्रमुखका रुपमा कार्यरत रहँदा कार्कीले पदीय दुरुपयोग गरी विभिन्न गलत कार्य गरेको भन्दै दर्ता भएको महाभियोग प्रस्तावमाथि अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन सरकारलाई पाठाउँदै सदनले यस्तो निर्देशन दिएको हो ।

२०७३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?