८४ सम्म सडक र सदन रास्वपाको हुने उद्घोष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
८४ सम्म सडक र सदन रास्वपाको हुने उद्घोष

सारांश

  • काठमाडाैं।
  • आफ्ना पार्टीका सभापति रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ।
  • सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले शुक्रबारबाट काठमाडौं केन्द्रीत प्रदर्शन थालेको हो।

काठमाडाैं। आफ्ना पार्टीका सभापति रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले शुक्रबारबाट काठमाडौं केन्द्रीत प्रदर्शन थालेको हो। लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरको रास्वाको आरोप छ।

पक्राउको विरोधमा ऐकवद्ध हुन आह्वान गर्दै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ। प्रदर्शनका क्रममा रास्वपा नेता तथा कार्यकर्ताले भ्रष्ट सरकार चाहिँदैन, राजनीतिक प्रतिशोध साँध्न पाइदैन, सत्य कहिल्यै ढल्दैन, तानाशाही अव चल्दैन, दुईतिहाईको दम्भ बन्द गर लगाएतका नारा लगाएका थिए।

प्रदर्शनका क्रममा रास्वपा सांसद हरि ढकालले रास्वपा संसदमा आएपछि ठूला भनिएका दलहरुले निरन्तर पार्टी र नेताहरुमाथि षड्यन्त्र गरेको आरोप लगाए। उनले ८४ को निर्वाचन अघिसम्म सडक र सदन रास्वपाको हुने जिकिर गरे।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ। कास्कीमा बयान सकिनेबित्तिकै रुपन्देही लैजाने प्रहरीको तयारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?