निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
सारांश
- काठमाडौं, २ असोज ।
- निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले एसपी दुर्गा सिंह चन्दलाई कञ्चनपुर पठाएको छ ।
- पीडित परिवार र स्थानीयसँग समन्वय गरी अनुसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई कञ्चनपुर पठाइएको हो ।
काठमाडौं, २ असोज । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अनुसन्धान प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले एसपी दुर्गा सिंह चन्दलाई कञ्चनपुर पठाएको छ । पीडित परिवार र स्थानीयसँग समन्वय गरी अनुसन्धानलाई थप प्रभावकारी बनाउन भन्दै सिंहलाई कञ्चनपुर पठाइएको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मंगलबार बिहान एसपी सिंह कञ्चनपुरतर्फ लागेकी छन् । १३ वर्षीया बालिका पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन ।
निर्मलाको न्यायका लागि उनका बुवाआमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु घर फर्किसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया