अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
सारांश
- काठमाडौं।
- आफ्ना उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोगअनुसन्धानले भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछिकाँग्रेसले कानुन व्यवसायीसँग छलफल गरेको छ।
- कांग्रेस सभापति शेरबहादुर देउवाकोनिवास बुढानिलकण्ठमा बिहीबार विहान बसेको कांग्रेसका नेताहरुले कानुन व्यवसायीसँगछलफल गरेका हुन्।
काठमाडौं।आफ्ना उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोगअनुसन्धानले भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछिकाँग्रेसले कानुन व्यवसायीसँग छलफल गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाकोनिवास बुढानिलकण्ठमा बिहीबार विहान बसेको कांग्रेसका नेताहरुले कानुन व्यवसायीसँगछलफल गरेका हुन्। सभापति देउवाले कांग्रेस निकट कानुन व्यावसायीलाई अख्तियारलेगच्छदारविरुद्ध दायर गरेको अभियोग पत्रका विषयमा जिज्ञासा राखेको बैठकमा सहभागी भएकाएक नेताले जानकार िदिए। छलफलमा कांग्रेस निकट कानुनविदहरु प्रेमबहादुर खड्का,शेरबहादुर केसी एकराज पोरखेरलगायत सहभागी थिए।
सभापति देउवासहित बरिष्ठ नेतारामचन्द्र पौडेल, उपसभापति गच्छदार,महामन्त्री शशांक कोइराला, कोषाध्यक्षसीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल रज्ञानेन्द्र कार्की छलफलमा उपस्थित थिए। यसैबीच योविषयमा नेपाली कांग्रेसले आजै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णयगरेको छ। बिहीबारबिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको आकस्मिक बैठकले पत्रकार सम्मेलन नै गरेरयो प्रकरणमा पार्टीको धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो।
(Zolpidem)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया