हेलिकोप्टर दुर्घटना: घना जंगलमा भेटियाे
सारांश
- काठमाडाै, २३ भदाै ।
- अल्टिच्युट एयरको हराइरहेको हेलिकोप्टर धादिङ जिल्लाको सत्यवती गाउँपालिकाको घना जंगलको बीचमा दुर्घटनाग्रस्त अवस्थामा देखिएको छ।
- शनिबार बिहान गोराखाबाट काठमाडौँका लागि उडेको एएलएस कल साइन एएस३०५ को हेलिकोप्टर धादिङ, सत्यदेवीको जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।
काठमाडाै, २३ भदाै । अल्टिच्युट एयरको हराइरहेको हेलिकोप्टर धादिङ जिल्लाको सत्यवती गाउँपालिकाको घना जंगलको बीचमा दुर्घटनाग्रस्त अवस्थामा देखिएको छ। शनिबार बिहान गोराखाबाट काठमाडौँका लागि उडेको एएलएस कल साइन एएस३०५ को हेलिकोप्टर धादिङ, सत्यदेवीको जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।
क्षेत्रका अनुसरा हेलिकोप्टर ५ हजार ५ सय मिटरको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।विमानमा एक जापानी र चालक दलका सदस्य सहित ७ जना सवार थिए। महाप्रवन्धक क्षेत्रीले उद्धारका लागि हवाइ र स्थल दुवै मार्गबाट प्रयास गरिरहेको र प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भएको बताएका छन्।
धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले उद्धारका लागि सुरक्षाकर्मीलाई घटनास्थलतर्फ पठाइसकिएको नेपालखबरलाई बताए। विमानस्थल दुर्घटना भएको स्थान पत्ता लागे पनि मौसम र भौगोलिक विकटका कारण घटनास्थलसम्म पुग्न नसकिएको उनको भनाइ छ।
प्रतिक्रिया