चर्चित खेलाडी रोनाल्डो र मेस्सीको तलब कति ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
३३ पटक हेरिएको
Shares
चर्चित खेलाडी रोनाल्डो र मेस्सीको तलब कति ?

सारांश

  • एजेन्सी, पुस ३० ।
  • क्याटलान जाइन्ट बार्सिलोनासँग गएको नोभेम्बरमा नयाँ सम्झौता गरेका स्टार स्ट्राइकर लियोनल मेस्सीको पारिश्रमिक खुलेको छ ।
  • मेस्सीले बार्सिलोनासँग सन् २०२१ सम्म क्लबमा रहने गरी सम्झौता गरे पनि उनले हप्ताको कति पारिश्रमिक पाउँछन् भन्ने खुलेको थिएन ।

एजेन्सी, पुस ३० । क्याटलान जाइन्ट बार्सिलोनासँग गएको नोभेम्बरमा नयाँ सम्झौता गरेका स्टार स्ट्राइकर लियोनल मेस्सीको पारिश्रमिक खुलेको छ ।

मेस्सीले बार्सिलोनासँग सन् २०२१ सम्म क्लबमा रहने गरी सम्झौता गरे पनि उनले हप्ताको कति पारिश्रमिक पाउँछन् भन्ने खुलेको थिएन ।

तर फुटबल लिक्सका अनुसार मेस्सीले हप्ताको २४ लाख अमेरिकी डलर पारिश्रमिक पाउँछन् । यसरी उनले एक वर्षमा एक सय २३ मिलियन अमेरिकी डलर कमाउँछन् ।

यो बालोन डी’ओर विजेता रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको भन्दा झण्डै दोब्बर हो । मेस्सीले पारिश्रमिक बापत वर्षमा ८६ मिलियन र बाँकी इमेज राइटमार्फत पाउने छन् ।

यस्तै उनी सम्झौता अवधिभर बार्सिलोनामै बसे भने थप ८५ मिलियन डलर पनि पाउने छन् । मेस्सीको रिलिज क्लज ८ सय ५४ मिलियन अमेरिकी डलर रहेको छ ।

रोनाल्डो र करिम बेन्जिमाको मात्रै यो भन्दा धेरै रिलिज क्लज रहेको छ । मेस्सीले यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी अहिलेसम्म ३१ खेलमा २५ गोल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम
एकसाथ चार एल्बम विमोचन पछि सांगीतिक कार्यक्रम
प्रधानमन्त्री भारतका लागि प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री भारतका लागि प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रदेश ५ः ‘समृद्ध प्रदेश खुशी जनता’ कार्यक्रम
प्रदेश ५ः ‘समृद्ध प्रदेश खुशी जनता’ कार्यक्रम
कतारमा ४ सय २७ नेपाली अलपत्र
कतारमा ४ सय २७ नेपाली अलपत्र
प्रधानमन्त्रीसँग राजदूत इलिवेथ भोनको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्रीसँग राजदूत इलिवेथ भोनको शिष्टाचार भेटवार्ता
मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
तिवारीका हत्याकाण्ड्का दोषी मनोज पुन उपर कारबाही गर्न एमालेको माग…
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल