इंल्याण्डका कप्तान एलेस्टर कुकले लिए क्रिकेटबाट सन्यास !
सारांश
- काठमाडौँ, १८ भदौ ।
- इंल्याण्ड क्रिकेट टिमका कप्तान तथा टेस्ट क्रिकेटका महारथि एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
- भारतसँगको अन्तिम टेस्ट खेलपछि उनले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
काठमाडौँ, १८ भदौ । इंल्याण्ड क्रिकेट टिमका कप्तान तथा टेस्ट क्रिकेटका महारथि एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भारतसँगको अन्तिम टेस्ट खेलपछि उनले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
कुक इंल्याण्डका लागि टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । साथै उनले १ सय ६१ टेस्ट क्रिकेट खेलेका छन् । जसबाट १२ हजार भन्दा बढी रन बनाएका छन् । उनी इंल्याण्डका लागि सबैभन्दा बढी टेस्ट खेल्ने खेलाडी पनि हुन् ।
सन्यास लिने क्रममा उनले क्रिकेटलाई सँधै माया गरेको र इंल्याण्ड टिमबाट खेल्दाको अनुभव कहिल्यै नबिर्सिने बताए । उनले एकदिवसीय र टेस्ट दुवै विधामा सन २००६ मा डेव्यु गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया