माग पुरा नगरे अनशन शुरु गर्ने – डा.गोविन्द केसी
सारांश
- श्रावण १, २०७४- प्रा.
- डा.
- गोविन्द केसीले सरकारलाई आफनो दुई सुत्रिय माग पुरा नगरे साउन ९ गते अपरान्ह ४ बजे देखी आमरण अनशन शुरु गर्ने चेतावनी दिएका छन् ।
श्रावण १, २०७४- प्रा.डा.गोविन्द केसीले सरकारलाई आफनो दुई सुत्रिय माग पुरा नगरे साउन ९ गते अपरान्ह ४ बजे देखी आमरण अनशन शुरु गर्ने चेतावनी दिएका छन् ।
सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै असार ३१ गतेसम्मको अल्टिमेटम दिए पनि मागहरु पुरा नभएकोले अनशन गर्न बाध्य भएको डा. केसीले बताएका छन् ।
उनको पहिलो माग तुरन्त माथेमा प्रतिवेदन अनुसार आफूहरुले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरिनुपर्ने रहेको छ । यस्तै, दोश्रो मागमा चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न सरकार र सम्वद्घ निकायहरुलाई तत्काल ६ वटा काम गर्नलाई आग्रह गरेका छन् ।
यस अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)मा तुरन्त डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरिनुपर्ने रहेको छ । साथै, आइओएमलाई पहिलेको सम्झौताहरु अनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट पुन: आइओएममा फिर्ता गरिनुपर्ने पनि उनले जनाएका छन् ।
हाल सरकारी निर्देशन मात्र नभएर अदालत समेतको आदेशलाई नटेर्ने मेडिकल कलेजको सम्बन्धन तुरन्त खारेज हुनुपर्ने माग समेत डा. केसीको छ ।
मुलुकमा जतिबेलासम्म चिकित्सा शिक्षा आयोग बन्दैन त्यति समयसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालय नभई सरकारले तोक्ने व्यवस्था गरिनुपर्ने बताउँदै डा. केसीले एमडी/ एमएस र एमडीएस तहको शुल्क यो शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयले २२ लाख तोके जस्तै सबै निजी कलेजहरुको लागि कायम गरिनुपर्ने माग गरेका छन् ।
उनले त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरिनुपर्ने माग समेत गरेका छन् । यस अन्तर्गत आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमको अधिकार खोसेर लैजाने, नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने जनाएका हुन् ।
प्रतिक्रिया