अमेरिकामा अगस्तसम्म ६० हजारको मृत्यु हुने अनुमान

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ८, २०७७
|
|
२४ पटक हेरिएको
Shares
अमेरिकामा अगस्तसम्म ६० हजारको मृत्यु हुने अनुमान

सारांश

  • न्यूयोर्क।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्द रहेको गतिविधि चाँडै सुचारु गर्ने पक्षमा छन्, तर कोरोनाभाइरसको फैलावटमा अमेरिकामा कुनै कमी आएको छैन।
  • कोरोना ठूला सहर, नगर हुँदै ग्रामीण क्षेत्रतर्फ अगाडि बढिरहेको छ।

न्यूयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्द रहेको गतिविधि चाँडै सुचारु गर्ने पक्षमा छन्, तर कोरोनाभाइरसको फैलावटमा अमेरिकामा कुनै कमी आएको छैन। कोरोना ठूला सहर, नगर हुँदै ग्रामीण क्षेत्रतर्फ अगाडि बढिरहेको छ। केही विशेषज्ञहरुले आगामी वर्षसम्म स्थिति झन गम्भीर हुनेचेतावनी दिएका छन्। मृत्यु हुनेको संख्याको पनि कुनै निश्चित अनुमान गर्न समस्या हुने उनीहरुले चेतावनी दिएका छन्। नयाँ अनुमान अनुसार अमेरिकामा ६० हजार मासिको मृत्यु हुनेछ। यसअघि मार्चमा १७ लाख मानिसको मृत्यु हुने अनुमान गरिएको थियो।

न्यूर्योक टाइम्सले स्वास्थ्य र संक्रमित बिमारीका २० विशेषज्ञसँग वर्तमान अवस्थाका विषयमा चर्चा गरेको छ। ती मध्ये केही विशेषज्ञले स्थितिमा सुधार गर्न सावधानी अपनाएर अहिलेको जटिल अवस्थालाई खुकुलो बनाउँदै कारोबार सुरु गर्न सुझाव दिएका छन्। उनीहरुले कोरोना नियन्त्रण गर्न ठूलो मात्रामा टेस्ट, कारगर उपचार, स्वास्थ्यका लागि प्रयाप्त सामाग्री र प्रभावकारी भ्याक्सिन बनाउन उनीहरुले सुझाव दिएका छन्। अहिले अमेरिकाको केही राज्यको ग्रामीण इलाकामा संक्रमण फैलिन सुरु भएको समाचार छ। राष्ट्रिय मेडिसिन एकेडेमीका पूर्व अध्यक्ष डा. फिनबर्ग भन्छन्, ‘हामीहरु अझै पनि महिनौंसम्म घरभित्रै बस्नुपर्छ। ’ वाण्डरबिल्ट विश्वविद्यालय मेलिकल कजेलमा मेडिसिन विशेषज्ञ डा. विलियम स्काफनर भन्छन्, ‘मेरो आशावादी पक्ष भन्छ कोरोना भाइरसको प्रकोप जुनदेखि अगस्तकोबीचमा कम हुन्छ।’

धेरैजसो विशेषज्ञहरुले एक पटक संटक समाधान भयो भने अर्थव्यवस्था तीव्रगतिमा दौडिने विश्वास व्यक्त गरेका छन्। महामारीबाट सबैभन्दा धेरै प्रभावित न्यूयोर्कका अस्पतलामा भर्ना हुनेको संख्यामा कमी आएको छ। वाशिंटन युनिभर्सिटी हेल्थ म्याट्रिक्स इभ्याल्यूएशन इन्स्टिच्युटले अमेरिकामा कोराना भाइरसबाट ६० हजार मासिनको मृत्यु हुने अमुमान लगाएको छ। यो अनुमान ४ अगस्टसम्मको हो। यसअघि यसले एक लाखदेखि दुई लाख ४० हजार मानिसको मृत्यु हुने आशंका व्यक्त गरेको थियो।

यदि भ्याक्सिन बनेन भने मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। अमेरिकाको बिमारी नियन्त्रण तथा रोकथाम सेन्टर (सीडीसी) ले मार्चमा केही विशेषज्ञसँग सम्पर्क गरेको थियो। त्यसपछि उनीहरुले कोरोना भाइरसले ४८ देखि ६५ प्रतिशत अमेरिकी नागरिकलाई संक्रमण हुने अनुमान गरेका थिए। उक्त अनुमान अनुसार मृत्युदर एक प्रतिशतभन्दा कम राख्दा पनि १७ लाख मानिसको मृत्यु हुनसकछ।

चीन र इटलीको तुलनामा अमेरिकामा अहिले पनि धेरै खुला छ। केही घरेलु विमान सेवा जारी छन्, मानिसहरुले चाहने हो भने जहाँ पनि वहानबाट जान सक्छन्। सडक र पार्कमा घुम्न सक्छन्। डा. स्काफनर भन्छन्, ‘यही कारण मुलुकमा प्रत्येक दिन ३० नयाँ संक्रमित थपिएका छन्।’
कोरोनाको भ्याक्सिन चाँडै बन्ने विषयमा पनि विशेषज्ञहरु आश्वस्त छैनन्। राष्ट्रपति डोनाल्ड ट्रम्पका वैज्ञानिक सल्लाहकार तथा सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फासीका अनुसार भ्याक्सिन बन्नमा कत्मिा पनि एक वर्षदेखि १८ महिनासम्म लाग्न सक्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?