केशव भट्टराईले गरे पद वहाली

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
२२ पटक हेरिएको
Shares
केशव भट्टराईले गरे पद वहाली

सारांश

  • चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले सोमबार बोर्डको कार्यालय पुगी पद वहाली गरेकान् ।
  • नवनियुक्त अध्यक्ष भट्टराईले बोर्डका कर्मचारी तथा कलाकारको स्वागत पछि आफ्नो कार्यकक्षमा प्रवेश गरी पदभार ग्रहण गरेका थिए ।
  • बोर्डमा औपचारिक पदभार ग्रहण गरेसँगै आयोजित पत्रकार सम्मेलनमा उनले केही आफ्नो योजनाको बारेमा जानकारी दिए ।

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले सोमबार बोर्डको कार्यालय पुगी पद वहाली गरेकान् । नवनियुक्त अध्यक्ष भट्टराईले बोर्डका कर्मचारी तथा कलाकारको स्वागत पछि आफ्नो कार्यकक्षमा प्रवेश गरी पदभार ग्रहण गरेका थिए ।

बोर्डमा औपचारिक पदभार ग्रहण गरेसँगै आयोजित पत्रकार सम्मेलनमा उनले केही आफ्नो योजनाको बारेमा जानकारी दिए । यद्यपी उनले आफ्नै सबै योजनाका बारेमा भने खुलाएनन् । बोर्ड अध्यक्ष बनेसँगै उनले सरकार समक्ष १६ बुदे योजना प्रस्तुत गरेको चलचित्र नीति पारित गर्न भूमिका खेल्ने बताए । त्यस्तै बक्स अफिस कार्यन्वयन पनि गरेरै छोड्ने उनले सुनाए ।

सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष भट्टराईले विदेशी फिल्मका लागि गरिएको गरिएको विभेदकारी प्रदर्शन मितिमा सुधार ल्याउन प्रयास गर्ने समेत जनाए ।

भट्टराई अघिल्लो साता बोर्ड अध्यक्ष नियुक्त भएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?