जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना

सारांश

  • जापान सम्राट नारुहितोको राज्याभिषेक समारोह स्थगित गर्नेतर्फ जापानी सरकारले विचार गरिरहेको छ ।
  • “हागिबिस” नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको क्षति भएका कारण निर्धा्रित मितिमा राज्याभिषेक हुन कठिन रहेको सरकारी अधिकारीहरुको जनाएका छन् ।
  • आँधीका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने अरु केही व्यक्ति अझै बेपत्ता रहेका छन् ।

जापान सम्राट नारुहितोको राज्याभिषेक समारोह स्थगित गर्नेतर्फ जापानी सरकारले विचार गरिरहेको छ ।“हागिबिस” नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको क्षति भएका कारण निर्धा्रित मितिमा राज्याभिषेक हुन कठिन रहेको सरकारी अधिकारीहरुको जनाएका छन् ।

आँधीका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने अरु केही व्यक्ति अझै बेपत्ता रहेका छन् । सरकारले खोज तथा उद्धारको कार्य जारी राखेको जनाएका छ ।जापान सरकारले यही अक्टोबर २२ का लागि राज्यभिषेकको मिति तय गरेको थियो । राज्यभिषेकका अवसरमा विदेशी विशिष्ट पाहुनाहरुलाई आमन्त्रण गरिएको छ ।

अहिले सरकारको मुख्य प्राथमिकता नै राहत र उद्धारमा केन्द्रित रहेकाले अक्टोबर २२ को कार्यक्रम स्थगित गर्न सरकारले तयारी गरिरहेको छ । एएफपीले उक्त विषयमा राज्यभिषेक आयोजक समितिसँग राखेको जिज्ञासामा यस बारेमा केही निर्णय भैनसकेकाले केही बताउन नसकिने जनाएका छन् । जापानी सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि छोरा नारुहितोलाई गत वर्ष जापानी सम्राट घोषणा गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?