रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

सारांश

  • काठमाडौ २७,पुष।
  • गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ।
  •  धनगढी रंगशालामा शुक्रबारको भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलअन्तरले पराजित गर्दै संकटा क्वार्टरफाइनलमा पुगेको हो ।

काठमाडौ २७,पुष। गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ।

 धनगढी रंगशालामा शुक्रबारको भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलअन्तरले पराजित गर्दै संकटा क्वार्टरफाइनलमा पुगेको हो ।

एकतर्फी आक्रमण बुनेको संकटाले अन्तत: इन्जुरी समयको पहिलो मिनेटमा संकटाले अग्रता लियो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै प्रहार गरेको सटलाई गोलरक्षक सोजित गुरुङले रोक्न सकेनन् ।६६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलरक्षक बिट भएपछि इलोन म्याक्सवेलको प्रहारलाई कुलदीप कार्कीले गोललाइनबाट बचाए । तर खेलको ८३ औं मिनेटमा भने गोर्खा ब्वाइजका खेलाडीले बचाउन सकेनन् । फोफाना इब्राहिमको क्रसमा इलोन म्याक्सवेलले गोल गर्दै संकटालाई दोब्बर अग्रता दिलाएका थिए ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?