अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा

सारांश

  • गत नोभेम्बर २३ मा संयु्क्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना भएको पहिलो वर्ल्ड नेपाल म्यूजिक अवार्डका विजेताहरुलाई मंगलबार काठमाडौँको हायत रिजेन्सीमा अवार्ड प्रदान गरिएको छ ।
  • अवार्ड आयोजक वर्ल्ड कनेक्सन यूएसए इंकले अवार्डका उत्कृष्ट ३ प्रतिष्पर्धीलाई अमेरिकामै लगेर अवार्डले सम्मान गर्ने योजना बनाएको थियो ।
  • तर अवार्डका प्रतिष्पर्धी अधिकांसलाई अमेरिकी दुतावासले भिसा प्रदान नगरेपछि अवार्ड कार्यक्रममा धेरै कलाकार, सञ्चारकर्मी, आयोजक संस्थाका प्रतिनिधि अमेरिका जान पाएनन् ।

गत नोभेम्बर २३ मा संयु्क्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना भएको पहिलो वर्ल्ड नेपाल म्यूजिक अवार्डका विजेताहरुलाई मंगलबार काठमाडौँको हायत रिजेन्सीमा अवार्ड प्रदान गरिएको छ । अवार्ड आयोजक वर्ल्ड कनेक्सन यूएसए इंकले अवार्डका उत्कृष्ट ३ प्रतिष्पर्धीलाई अमेरिकामै लगेर अवार्डले सम्मान गर्ने योजना बनाएको थियो । तर अवार्डका प्रतिष्पर्धी अधिकांसलाई अमेरिकी दुतावासले भिसा प्रदान नगरेपछि अवार्ड कार्यक्रममा धेरै कलाकार, सञ्चारकर्मी, आयोजक संस्थाका प्रतिनिधि अमेरिका जान पाएनन् ।

त्यसैले अमेरिकाको न्यूयोर्कमै पुगेर अवार्ड लिन नपाएका संगीतकमीलाई काठमाडौँमा कार्यक्रम गर्दै आयोजकले अवार्ड प्रदान गरेको हो । सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड वितरण गरिएको कार्यक्रममा अवार्ड पाउनेको सूचि यस्तो छ ।

 

वर्ल्ड म्यूजिक अवार्ड २०१९ का विजेताहरु

बेस्ट म्यूजिक भिडियोः सौरभ न्यौपाने
बेस्ट पप सङः प्रमोद पोर्तेल
बेस्ट नेशनल सङः सत्यकला राई
बेस्ट म्यूजिक एरेञ्जरः पविधन खालिङ
बेस्ट म्यूजिक कम्पोजरः सुनिल मास्के
बेस्ट मदर ल्यांग्वेज सङः प्रियंका खालिङ
बेस्ट मोडेर्न सङ(फिमेल): यसोदा खालिङ राई
बेस्ट मोडेर्न सङ(मेल): सिडि विजय अधिकारी
बेस्ट पप/मोडेर्न सङ मोडल(फिमेल): रितु तामाङ
बेस्ट पप/मोडेर्न सङ मोडल(मेल): एसराज गराच
बेस्ट लिरिसिस्टः एनपी परदेशी
बेस्ट फोक/सेलो सङः रेश्मा बम्जन
बेस्ट इन्डेन्जर्ड सङः युवराज मगर
बेस्ट फिल्मी सङः अन्जु पन्त
बेस्ट फोक/दोहोरी मोडेल(मेल):  लोमेश शर्मा
बेस्ट फोक/दोहोरी सङ(फिमेल):  सन्दिप न्यौपाने
बेस्ट फोक/दोहोरी सङ(फिमेल):  शर्मीला श्रेष्ठ
बेस्ट फोक/दोहोरी मोडेल(फिमेल):  अन्जु निरौला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?