सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

सारांश

  • काठमाडौँ, २६ भदौ ।
  • दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ ।
  • नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ लिमिटेड र नेशनल ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ ।

काठमाडौँ, २६ भदौ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ ।

नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ लिमिटेड र नेशनल ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका ती पसलमा बाहिर तोकिएभन्दा सस्तो र गुणस्तरीय सामान पाइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

विशेषगरी ती पसलमा दिउँसोदेखि उपभोग्य सामग्री किन्न उपभोक्ताको भीड लाग्ने गरेको छ । रामशाहपथमा सञ्चालित सुपथ मूल्य पसलमा दैनिक एक सय बोरा चामल बिक्री हुने गरेको संस्थानका पुनितारानी साहले बताउनुभयो । बासमती चामल किन्नका लागि उपभोक्ता बढी आउने गरेका छन् ।

रामशाहपथमा बासमती, जिरा मसिनो, बंगलादेशी उसिना चामल, सोनामन्सुरी, मकवानपुर र ब्राउन बासमती चामल बिक्रीका लागि राखिएको छ । बामसतीमा प्रतिकिलो रु १० र अन्य चामलमा प्रतिकिलो रु पाँच छुट दिइएको छ । दुग्ध विकास संस्थानले सञ्चालन गरेको पसलमा दैनिक करिब ६० लिटर घ्यू बिक्री हुने गरेको छ ।

सुपथ मूल्य पसलमा कर्णालीको सिमीको दाल, फापर, कोदोको पिठोसमेत राखिएको छ । चाडपर्वका अवसरमा संस्थानले टेकु, थापाथली, सातदोवाटो, कालिमाटी, कोटेश्वर, सूर्यविनायक, जोरपाटी, कलंकी र जावलाखेलमा पसल सञ्चालन गरेको छ । यही भदौ १६ गतेबाट सञ्चालन भएका ती पसल छठपर्वसम्म चल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण
पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण
Rishi Kapoor and Taapsee Pannu starrer ‘Mulk’ trailer is out!
Rishi Kapoor and Taapsee Pannu starrer ‘Mulk’ trailer is out!
‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने
‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा

तपाईंले छुटाउनुभयो कि?