अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु
सारांश
- बैतडी, ९ पुस , अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
- मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
- गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए ।
बैतडी, ९ पुस , अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए । कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया