हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
१७ पटक हेरिएको
Shares
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
  •   सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन्।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
 
सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन्।
“यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट र किन आयो?” थापाले प्रश्न गरे।
थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबी गरे । थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गराए।
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ । थापाले यस्तै अवस्था रहे आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने चेतावनी पनि दिए । 
थापाले लोकतन्त्रसहितको राजसंस्थाको पनि आवश्यकत्ता रहेको औँल्याएका छन् । गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने थापाको भनाई छ । उनले यी सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग मागसमेत गरे । 
केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाईएको २२ बुँदे ज्ञापनपत्रका बारेमा पुष्टी गर्दै थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गरे ।
२२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिनलगायतका माग समेटिएको जानकारी पनि थापाले दिए ।
राप्रपाले सरकारलाई दबाब दिन फागुन १५ गतेदेखि गर्ने राष्ट्रिय स्वाभिमान यात्राको औचित्य पनि थापाले पुष्टि गरेका छन् ।
पार्टीले १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने पनि जनाए । थापाकाअनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको छ । त्यसैगरी संघीयता कार्यान्वय र चुनौति, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनताको अभिमत बुझ्नका लागि पनि यात्रा गर्न लागिएको थापाले बताए ।
ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ आएर समापन हुने छ ।
ताप्लेजुङबाट काठमाडौँसम्मको १५ दिने यात्राले दुई हजार ८ सय किमि दूरी तय गर्ने र यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाइने छ ।
यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तिमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दा बढि सभा हुने र सभालाई अध्यक्ष थापाले सम्बोधन गर्नेछन् ।
२२ बुँदे मागपत्रलाई सरकारले वेवास्ता गरेमा चैत्र एक गतेदेखि सबै स्थानीय निकायबाट विरोधका कार्यक्रम सुरु गरिने थापाले जानकारी दिए । उक्त विरोलाई काठमाण्डौसम्म विस्तार गर्ने थापाको भनाई छ ।
थापाले केपी ओली नेतृत्वको सरकारले एक वर्षमा जनतालाई निराशा मात्रै दिएको आरोप पनि लगाए ।
पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहोनीबीचको एकताबारे थापाले गम्भीर प्रश्न उठाएका छन् । “पशुपतिशमशेर राणाले जवाफ दिनुपर्छ हामीसँग किन एकता गर्न चाहनुभएन ?
किन प्रकाशचन्द्र लोहोनीसँग एकता गर्नुभयो ?” थापाले प्रश्न गरे । २ लाख भोट ल्याउने पार्टीलाई छोडेर २० हजार भोट भएको लोहोनीसँग राणाले एकता गर्नुको रहस्य गम्भीर हुन सक्ने थापाको भनाई थियो । 

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?