यी दुई सर्वोत्कृष्ट खेलाडी जो ‘गोल्डेन बल’ पाउँदा पनि खुशी हुन सकेनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
६३ पटक हेरिएको
Shares
यी दुई सर्वोत्कृष्ट खेलाडी जो ‘गोल्डेन बल’ पाउँदा पनि खुशी हुन सकेनन्

सारांश

  • २०१८ को विश्वकपको फाइनल खेलमा सर्वोत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिच घोषित भए ।
  • रसियाको मस्कोस्थित लुझिन्की रङ्गशालामा भएकाे विश्वकप उपाधि वितरण कार्यक्रममा मोड्रिचले उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरे ।
  • तर उनले आफ्नो टिमलाई उपाधि दिलाउन सकेनन् ।

२०१८ को विश्वकपको फाइनल खेलमा सर्वोत्कृष्ट खेलाडी क्रोएसियाका कप्तान लुका मोड्रिच घोषित भए । रसियाको मस्कोस्थित लुझिन्की रङ्गशालामा भएकाे विश्वकप उपाधि वितरण कार्यक्रममा मोड्रिचले उत्कृष्ट खेलाडीको उपाधि गोल्डेन बल प्रदान गरे । तर उनले आफ्नो टिमलाई उपाधि दिलाउन सकेनन् । फ्रान्ससँगको फाइनल खेलमा क्रोएसिया ४-२ गोल अन्तरले पराजित भएर स्तब्ध भयो ।

त्यस्तै अर्जेटिनाका सुपर स्टार लियोनल मेस्सी पनि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सर्वोत्कृष्ट खेलाडी बने तर मेस्सीले पनि आफ्नो टिमलाई विश्वकपको उपाधि दिलाउन सकेनन् । उपविजेतामा नै चित्त बुझाउनु परेको थियो । गोल्डेन बलले मोड्रिच र मेस्सी दुवैलाई खुसी दिन सकेन । उनीहरूको विश्वकप जित्ने सपना अधुरो नै रह्यो । रूस विश्वकपमा चर्चामा नै नरहेको आफ्नो देशलाई फाइनलसम्म लगेका लुका मोड्रिच रोइरहँदा उनका देशका समर्थकहरू पनि  रोइरहेका थिए । आँसु पुछेर मञ्चतिर उक्लिए । गोल्डेन बल लिइसकेपछि उनलाई क्रोएसियाका राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिचले अँगालो मारे । क्रोएसियाली खेलाडीहरूका प्रेरणा र ऊर्जाको स्रोत बनेकी राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिचले निकै रुँदै निकै समय अँगालोमा हाली रहिन् । त्यो खुसी र दुःख दुवैको आँसु थियो । गोल्डेन बलको उपाधि लिँदै गर्दा उनी उत्साहित थिएनन् । गोल्डेन बल उनले अनुहारभन्दा माथि उचालेनन् ।

गोल्डेन बल पाए पनि मञ्चको छेउमा गएर तस्बिर खिचाए । तर,छेउमै उभिएका उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका फ्रान्सका युवा खेलाडी केलियन एमबापे मुस्कुराई रहँदा उनको आँखामा आँसु टिलपिलाईरहेको थियो ।त्यसैगरी सन् २०१४ मा पनि गोल्डेन बलले मेस्सीलाई खुसी दिन सकेको थिएन । विश्वकपमा सबैभन्दा बढी चर्चामा भएका खेलाडी थिए मेस्सी । डिएगो म्याराडोनाको विरासत धान्दै मेस्सीले पनि देशलाई विश्वकप जिताउने आशा धेरैले गरेका थिए । तर त्यो सपना चकनाचुर भएको थियो । मेस्सीले उत्कृष्ट खेलाडीकोरुपमा गोल्डेन बल पाए तर उनलाई त्यो गोल्डेन बल पाएको कुनै खुसी अनुभूति थिएन । निक्कै मेहनत गर्दा पनि जर्मनीसँग अन्तिम समयमा १ शून्यको पराजय भोग्नु परेको पीडा मेस्सीको अनुहारमा प्रस्ट देखिन्थ्यो ।

सामान्यतया नआत्तिने र नमात्तिने भनेर चिनिएका मेस्सीलाई त्यो हारले नराम्ररी छोएको थियो र उनको अनुहारमा कतै पनि मुस्कान देखिएको थिएन । गोल्डेन बलको उपाधि लिइरहँदा पनि उनि  अरूले बधाई दिँदा समेत मुस्कुएका थिएनन् । अब सन् २०२२ मा कतारमा हुने विश्वकपमा यी दुवै खेलाडी नखेल्ने सम्भावना पनि धेरै रहेको छ किन की मोड्रिच ३२ वर्ष पुगिसकेका छन् भने मेस्सी ३१ वर्ष पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने
भारतले दियो पुनर्निर्माणमा २ अर्ब अनुदान
भारतले दियो पुनर्निर्माणमा २ अर्ब अनुदान
धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन
धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
नेपाल छिरे ब्ल्याक क्याटहरू !
नेपाल छिरे ब्ल्याक क्याटहरू !
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन
जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला
जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला