अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
३२ पटक हेरिएको
Shares
अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ

सारांश

  • एजेन्सी।
  • कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ।
  • कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जनगरेको आरोपमा पक्राउ गरिएको बताएका हुन्।

एजेन्सी। कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जनगरेको आरोपमा पक्राउ गरिएको बताएका हुन्।

कोलम्बियाका पहिलो बामपन्थी राष्ट्रपतिले ट्वीटरमा लेखेका छन्, “प्रहरीले उहाँका छोरा निकोलस र निकोलसकी पूर्वपत्नी डेयुरिस भास्केजलाई पक्राउ गरेको छ।”

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप गत मार्चमा भास्केजले लगाएका थिए।

पेट्रोले लेखेका छन्, “म मेरो छोरालाई भाग्य र शक्तिको कामना गर्दछु। यी घटनाहरूले उनको चरित्र निर्माण गरोस् र तिनले आफ्ना गल्तीहरू प्रतिबिम्बित गरून् ।” “एक व्यक्ति र बुबाको रूपमा यति धेरै आत्म–विनाश देख्दा पीडा हुन्छ,” उनले थपे।

अभियोजकहरूले राष्ट्रपतिका छोरा पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको र यसको अवैध संवर्धनको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन्। भास्केजलाई पनि त्यो पहिलो अपराधको आरोप लगाइएको थियो।

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकहरूबाट पैसा प्राप्त गरेको आरोपहरूको खण्डन गर्दै आएका थिए। उनी आफैले आफ्नो छोरामाथि छानबिन गर्न आग्रह गरेका थिए।
निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीको लागि सांसद थिए। समाचार रिपोर्टहरूमा निकोलसको बैंक रेकर्डहरूबाट उनीसँग सांसदका रूपमा आर्जन हुने सम्पत्तीको तुलनामा धेरै पैसा देखिएको पाइएको उल्लेख गरिएको छ। ती समाचारहलाई पुष्टि गर्न छानविन नै अन्तिम विकल्प रहने छ।

एक पटक एक अन्तरवार्तामा आफ्नो पूर्व पतिले स्यामुअल सान्टान्डर लोपेसिएरा नामगरेका एक पूर्व लागूऔषध तस्करबाट एक लाख २४ हजार अमेरिकी डलर बराबरको रकम प्राप्त गरेको भास्केजले दावी गरेका थिए।

लोपेसिएराले संयुक्त राज्य अमेरिकामा लागूऔषध ओसारपसारको आरोपमा १८ वर्षको जेल सजाय भोगेका थिए।

(https://bluejapan.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्ता
सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्ता
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट डुबान समस्यामा
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट डुबान समस्यामा
हिमपहिरोमा बेपत्ता भएकाको बिहानै देखी खोजी सुरु
हिमपहिरोमा बेपत्ता भएकाको बिहानै देखी खोजी सुरु
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्:  लालबाबु पण्डित
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्: लालबाबु पण्डित
प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब
प्रदेशमा आर्थिक बेथितिको चाङ : सात प्रदेशको बेरुजु झण्डै २८ अर्ब
डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !
डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको प्रक्षेपण
निर्मला पन्त प्रकरण: को हुन् शंकाको घेरामा रहेका सुरक्षाकर्मी ?
उपराष्ट्रपतिद्वारा प्रमको स्वास्थ्यलाभको कामना
उपराष्ट्रपतिद्वारा प्रमको स्वास्थ्यलाभको कामना

तपाईंले छुटाउनुभयो कि?