निर्मला पन्त प्रकरण: को हुन् शंकाको घेरामा रहेका सुरक्षाकर्मी ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १८ मंसिर ।
  • कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त बलात्कारपछि हत्या भएको महिनौं बितेको छ ।
  • अनुसन्धानको विषयलाई लिएर प्रश्न उठिरहेको बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा सहभागी सबै सुरक्षाकर्मीमाथि कारवाहीको तयारी सुरु गरेको छ ।

काठमाडौं, १८ मंसिर । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त बलात्कारपछि हत्या भएको महिनौं बितेको छ । अनुसन्धानको विषयलाई लिएर प्रश्न उठिरहेको बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा सहभागी सबै सुरक्षाकर्मीमाथि कारवाहीको तयारी सुरु गरेको छ । घटनास्थलदेखि विभिन्न निकायमा रहेर अनुसन्धानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न सबै प्रहरीमाथि विभागीय कारवाहीको तयारी भएको हो ।

निर्मला हत्याको अनुसन्धानमा प्रहरीको नयाँ टोली सक्रिय छ । तर निष्कर्षमा पुगिहाल्ने र अपराधी किटान गर्ने अवस्थामा भने प्रहरी पुगिनसकेको स्रोतले जनाएको छ । तर शंकाको घेरामा राज्यको सुरक्षा निकायमै कार्यरत दुईजना परेको स्रोतको दाबी गरेको छ । ‘किटान गर्न त मिलेन तर उनीहरुका गतिविधि शंकास्पद छन् । कुन सुरक्षा निकायका हुन् भन्ने खोल्न मिल्दैन । तर गोप्य अनुसन्धान उनीहरुमाथि सुरु गरिएको छ,’ स्रोतले भन्यो । तर गाउँले–छिमेकीको गतिविधिमा पनि प्रहरीले नजर राखेको छ । हालसम्म ८ जनाको डीएनए परीक्षण भइसकेको छ भने सयौंको बयान–सोधपुछ पनि भएको छ ।

यसअघि नै निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदिश भट्ट निलम्बनमा परिसकेका छन् । यस्तै तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्स्पेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् । साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?