माओवादी केन्द्रद्वारा रकम हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
|
१५ पटक हेरिएको
Shares
माओवादी केन्द्रद्वारा रकम हस्तान्तरण

सारांश

  • काठमाडौँ, ७ भदौ ।
  • नेकपा (माओवादी केन्द्र)ले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी ÷पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रम निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु ३४ लाख ९९ हजार २६० हस्तान्तरण गर्नुभएको नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिनुभयो ।

काठमाडौँ, ७ भदौ । नेकपा (माओवादी केन्द्र)ले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी ÷पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रम निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु ३४ लाख ९९ हजार २६० हस्तान्तरण गर्नुभएको नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिनुभयो ।

दलका तर्फबाट मन्त्रिमण्डलमा सहभागी उप्रधानमन्त्री तथा मन्त्रीहरुको पनि मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा सो दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक शर्मा, सचेतक सीता नेपाली तथा नेताहरु हरिवोल गजुरेल, अग्नी सापकोटा र शक्तिबहादुर बस्नेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?