चर्चित पत्रकार दुर्गानाथ शर्माकाे निधन
सारांश
- काठमाडाैं।
- पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ।
- नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मी तथा टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता शर्माको बुधबार निधन भएको हाे।
काठमाडाैं। पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मी तथा टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता शर्माको बुधबार निधन भएको हाे।
७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए। शर्माको गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनलाई मंगलबार राति मनमोहनमा सारिएको थियो।
२००४ सालमा इलाममा जन्मेका शर्माले गोरखापत्र, रेडियो नेपाल र एनटिभीमा धेरै वर्ष समाचारवाचक, कार्यक्रम प्रस्तोता, समाचार निर्देशक र नायब महाप्रबन्धक लगायत नेतृत्व तहको विभिन्न पदमा रही जिम्मेवारी सम्हालेका थिए। उनका २ छाेरा र श्रीमती छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया