अाेली–दाहालकाे कार्यक्रमस्थल नजिकै बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
अाेली–दाहालकाे कार्यक्रमस्थल नजिकै बम विस्फोट

सारांश

  • बागलुङ- बागलुङको गल्कोट नगरपालिका हटियामा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिक बम बिस्फोट भएको छ।
  • गल्कोट बहुमुखी क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रमस्थल नजिकै पछाडिपट्टिको डम्पिङ साइटमा विस्फोटको चर्को आवाज आएको स्थानीय रामबहादुर जिसीले बताएका छन्।
  • फोहोर फालिएको ठाउँबाट चर्को बिस्फोटको आवाज आए पनि हेर्दा केही नदेखिएको उनीहरूको भनाई छ।

बागलुङ- बागलुङको गल्कोट नगरपालिका हटियामा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिक बम बिस्फोट भएको छ। गल्कोट बहुमुखी क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रमस्थल नजिकै पछाडिपट्टिको डम्पिङ साइटमा विस्फोटको चर्को आवाज आएको स्थानीय रामबहादुर जिसीले बताएका छन्।

फोहोर फालिएको ठाउँबाट चर्को बिस्फोटको आवाज आए पनि हेर्दा केही नदेखिएको उनीहरूको भनाई छ। ‘चर्को विस्फोटको आवाज आयो, हामी पनि यही थियौं,’ जिसीले भने,‘पछि हामी सबै त्यहाँ गएर हेर्दा केही त्यस्तो चिज देखिएन ।’ जिल्ला प्रहरी कार्यालय बागलुङले भने विस्फोटको कुनै जानकारी नआएको बताएको छ।

‘हामीलाई सबै जनाले यही भनेर सोधिरहनुभएको छ,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले भने, ‘हामी निरन्तर सम्पर्कमा छौं, हाम्रो च्यानलबाट त्यस्तो कुनै जानकारी आएको छैन ।’

कार्यक्रम स्थल नजिकबाट चर्को विस्फोट आवाज आएपछि कार्यक्रममा सहभागी तितर वितर भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आउने कार्यक्रम छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kamala Niraula

    Yo sab dhoka ho oli lai pherai dhoka ni hunch prachanda bata

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?